default_image

2 years ago

November 24, 2023

साविक विजेता काठमाडौंको विजयी सुरुवात

2333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी भएको छ ।

काठमाडौँले नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसी माथि १-० को जित निकालेको हो । काठमाडौंका लागि राजीव लोप्चनले खेलको एकमात्र गोल गरे ।

भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले सोचे अनुरूपको खेल भने प्रदर्शन गर्न सकेनन् । खेलमा धेरै स्पष्ट मौकाहरु सृजना गर्न सकेनन् ।

पाँचौं मिनेटमा काठमाडौंका शोखरुखको फ्री किक इलाम गोलरक्षक विकेश कुथुले सहजै समाते । १२औं मिनेटमा इलामका अमाथ एनडवको लामो दूरी बाट लिएको प्रहार पनि काठमाडौं गोलरक्षक अभिषेक बरालले बचाए ।

१९औं मिनेटमा शोखरुखको थ्रु-पासमा काठमाडौंका कप्तान हिसुब थपलियालाई इलामका कप्तान विकेशले विफल पारे । त्यही नै पहिलो हाफको सबैभन्दा स्पष्ट मौका थियो । त्यसपछि भने खेलमा स्पष्ट मौका सिर्जना भएन ।

५१औं मिनेटमा काठमाडौँले खेलमा अग्रता लियो । शोखरुखको कर्नर कीकमा राजीव लोप्चनको ब्याकहिल गर्न खोज्दा इलाम गोलरक्षक विकेशले समात्न नसकेपछि बल राजीवकै खुट्टामा पुग्यो र उनले सहजै बललाई पोस्टको दिशा देखाउँदै अग्रता दिलाए ।

गोल पछि दुवै टोलीले खेलमा पकड जमाउन सकेका थिएनन् । इलामले पनि बराबरी गर्ने मौका सिर्जना गर्न सकेन ।

८१औं मिनेटमा फोडे कमाराको लामो दूरीको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यही नै इलामका लागि बराबरी गर्ने एकमात्र मौका रहेको थियो ।

एनएसएलमा भोलि दुई खेल हुँदै छन् । दिउँसो २:३० बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन भिड्दा बेलुका ५:३० बजे बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.