default_image

2 years ago

November 30, 2023

धनगढीले अंकविहिन बुटवलको सामना गर्दै

1267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहिबार हुने खेलमा अंक तालिकाको पुछारमा रहेक बुटवल लुम्बिनी फुटबल क्लब पहिलो अंकको खोजीमा हुनेछ ।

दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा धनगढीको सामना गर्दा बुटवल पछिल्लो हारलाई बिर्साउने प्रयासमा हुनेछ । धनगढी भने पहिलो खेलमा रोमान्चक जित हासिल गरेसँगै सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

प्रतियोगिताको सबैभन्दा कमजोर टिमको रुपमा हेरिएको बुटवलको सुरुवात पनि राम्रो हुन सकेन । ललितपुरसँग २-० को हारसँगै टोलीको प्रशिक्षण टोलीमा पनि समस्या तालमेल नमिलेको देखिन्छ । नेपालमै उपलब्ध औसत विदेशी खेलाडी रोजेको बुटवलले धनगढी विरुद्ध अर्को संघर्ष गर्ने सम्भावना छ ।

यता धनगढीले गत सिजन ए डिभिजनमा उच्च प्रदर्शन गरेका अहमद हिजाजीलाई अन्तिम समयमा अनुबन्ध गरेको थियो । बेन्चबाट आएर पछिल्लो खेलमा विजयी गोल गरेका उनी आज सुरुवात गर्ने सम्भावना छ । तर प्रशिक्षक युगल किशोर राईलाई टोली छनोट टाउको दुखाइ बन्ने पक्का छ ।

एक समयमा ५ विदेशी खेलाडी मात्र खेलाउन पाइने हुँदा धनगढीले एक विदेशी बेन्चमा राख्नुपर्नेछ । वीरगन्जविरुद्ध जितमा दोस्रो हाफमा बाहिरिएका डिफेन्डर डियाग्ने फालोले असन्तुष्टि पोखेका थिए । आजको खेलमा प्रशिक्षक राईले कसलाई बेन्चमा राख्नेछन्, त्यो सहज निर्णय हुनेछैन ।

अघिल्लो सिजन यी दुई टोलीको खेलमा बुटवलले १-० को जित दर्ता गरेको थियो । त्यसबेला विजयी गोल गरेका सुमन लामा यतिबेला अष्ट्रेलियामा रहेका छन् ।

सम्भावित सुरुवाती ११ :

बुटवल : ममदोउ, बिइक बिइक, गौरव श्रेष्ठ, अर्नेस्ट टाम्पी, पासाङ लामा, एरिक विष्ट, मणि लामा, प्रकाश बुढाथोकी, निकोलस सर्ज संग, आशिष लामा, स्टेफान बिनोङ

धनगढी : टिकेन्द्र थापा, देवेन्द्र तामाङ, डियाग्ने फालो, कमल श्रेष्ठ, रिचार्ड ओसे, आशिष चौधरी, रामचन्द्र वाजी, ओलावाले अफिज, फोडे फोफना, क्रितिश छुन्जु, अहमद हिजाजी

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.