default_image

9 months ago

December 1, 2023

एनएसएलकै पहिलो जितको खोजीमा चितवन र वीरगन्ज

495 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार फुटबल क्लब चितवन र वीरगन्ज युनाइटेड फुटबल क्लब खेल्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

चितवन लिगको पहिलो संस्करणदेखि नै जितको खोजीमा छ । पहिलो सिजनमा ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले यस सिजन २ खेलमा १ बराबरी र १ हारको सामना गरेको छ । टोलीले काठमाडौंविरुद्ध पछिल्लो खेलमा अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदै अंक बाड्नुपरेको थियो ।

यता वीरगन्जले पनि लिगको पहिलो खेलमा चितवनकै नियति भोग्यो । धनगढीविरुद्ध ९० औं मिनेटमा गोल खाएपछि वीरगन्जले हार भोगेको थियो । २-१ को हारपछि टोली आज चितवनविरुद्ध अंक जोड्ने लक्ष्यमा हुनेछ ।

लिगको अंक तालिकामा धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । ललितपुर, पोखरा र काठमाडौंको ४-४ अंक छ । इलाम ३ अंकसहित पाँचौ र चितवन १ अंकका साथ छैटौं स्थानमा छ । वीरगन्ज, झापा र बुटवलले कुनै खेल खेलेका छैनन् ।

वीरगन्जको टोली

चितवनको टोली

एनएसएलको पूर्ण जानकारी

September 10, 2024

महिला लिगको खेलको समय परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) –  एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको […]

September 10, 2024

सुदूरपश्चिमको पोष्टमा आर्मीको गोल वर्षा

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ । आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हरायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, […]

September 10, 2024

फ्रान्ससँग बेल्जियम पराजित

एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे । खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै […]

Success

Thank you for your time.