2 years ago
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरीसँगै दुवै टोलीले आफ्नो अपराजित यात्रा भने कायम राखेका छन् ।

दुवै टोलीले खेलमा मौकाको सदुपयोग गर्न सकेनन् । धनगढीले खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा पनि धनगढीले निकै अवसर खेर फाल्यो । ललितपुरले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेन । पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै जित निकालेको ललितपुरले त्यसपछिको दुई खेलमा सो प्रदर्शन दोहोर्याउन सकेको छैन ।
खेलको तेस्रो मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले पन्च गरिदिए। सातौं मिनेटमा कमलकै कर्नरले आफ्नो टिममेट भेटाउन सकेन। नवौं मिनेटमा धनगढीकै मनोज राईको लामो थ्रो-इनमा ओलावाले अफिजले राम्रो मौका पाएका थिए। तर उनको प्रहार ब्लक हुन पुग्यो।
ललितपुरका दिनेश हेन्जनले दशौं मिनेटमा दाहिने फ्लान्कबाट गरेको रनमा उनी लडाईएका थिए तर रेफ्रीले फाउल दिएनन्। १२औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिक धनगढी गोलरक्षक मोहम्मद ताहाले पन्च गरिदिए।
२०औं मिनेटमा ललितपुरका निखिल कदमको पासमा दिनेशको लागि मौका सिर्जना भएको थियो। तर उनले बक्स भित्र बल लागेर प्रहार गर्नुअघि आशिष चौधरीले बल क्लियर गरिदिए।
३४औं मिनेटमा ललितपुर अग्रताको निकै नजिक पुगेको थियो । अनन्त तामाङको लामो पासमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । क्रसबारमा लगेर फर्किएको बलले ताहालाई लागेपनि उनले तुरुन्त पछि फर्केर बललाई गोललाइन पार हुन दिएनन् । यही पहिलो हाफको सबैभन्दा राम्रो अवसर थियो ।

दोस्रो हाफको सुरुवातमै धनगढीले दुई अवसर गुमायो । दोस्रो हाफमा मैदान छिरेका रोहन कार्कीको क्रसमा अहमद हिजाजीको हेडर बाल्टुसले बचाए । ५९औं मिनेटमा रन्दिप पौडेलको क्रसमा हिजाजीको अर्को प्रहारमा पनि बाल्टुस बाधक भने ।
५०औं मिनेटमा रिचार्ड अग्एमांगको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको दिशामा जान सकेन । त्यसको एक मिनेट पछि साइमोन लिम्बुको भली प्रहार करिमले क्लियर गरे ।
६२औं मिनेटमा अग्एमांगले कर्नरमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् । सोही मिनेटमा फलु डियाग्नेको क्रसमा आशिष चौधरीले बललाई पोस्टको दिशा देखाउन सकेनन् ।
६५औं मिनेटमा ईमोह इजोकिएलले बललाई जालिमा हालेपनि अफसाइड रहे । दिनेश हेन्जनको प्रहार ताहाले बचाएपछि उनले रिबाउन्डमा प्रहार गरेका थिए तर गोल मान्य भएन ।
८५औं मिनेटमा बाल्टुसले फलु डियाग्नेको बक्स बाहिरको प्रहारमा बाल्टुस पुनः बाधक बने ।
धनगढीको तीन खेलमा सात अंक रहँदा ललितपुरको समान तीन खेलमा पाँच अंक रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]