2 years ago
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – झापा फुटबल क्लबका कप्तान अन्जन विष्टले नेपाल सुपर लिग अन्तर्गत सोमबार हुने काठमाडौं रेजर्स फुटबल क्लबविरुद्ध खेल गुमाउने भएका छन् ।

पोखरा थन्डर्सविरुद्ध शनिबार भएको खेलमा घाइते भएपछि अन्जनले मैदान छाडेका थिए । उनी पेनाल्टी क्षेत्रभित्र विपक्षी खेलाडीसँग जुध्दा काँध र टाउकोमा ठोक्किएको थियो । अन्जनले उक्त खेलमा घाइते भएपछि पनि केहीबेर मैदान छिरे । तर दुखाइ बढेपछि उनी बाहिरिएका थिए ।
एनएसएलको मेडिकल पार्टनर समेत रहेको नर्भिक अस्पतालमा उपचारपछि अन्जनलाई कम्तिमा एक साताको लागि विश्राम गर्न सुझाव दिइएको छ । यसकारण उनले आज काठमाडौंविरुद्ध हुने खेलसँगै अर्को खेलमा पनि विश्राम गर्ने सम्भावना छ । अन्जनको अनुपस्थितिमा लक्ष्मण रुचालले झापाको कप्तानी गर्नेछन् ।
झापाले पछिल्लो खेलबाट आजको टोलीमा ३ परिवर्तन गरेको छ । अन्जनसँगै विशाल बस्नेत र फर्नान्डो टोरेस बेन्चमा पुगेका छन् । योगेश गुरुङ, सुदिप श्रेष्ठ र समिराज थोकर सुरुवाती रोजाइमा आएका छन् । झापाका मिडफिल्डर लाकेन लिम्बु पनि चोटका कारण खेल्न सकेका छैनन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]