2 years ago
December 10, 2023
एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नान्टेसविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा ब्राडले बारकोला र रान्दल कोलो मुएनीले गोल गरे । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा घरेलु टोली पिएसजीले बलमाथि पकड जमाएपनि जितको लागि संघर्ष गर्नुपरेको थियो ।
४१औं मिनेटमा युवा विंगर ब्राडलेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले भिटिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।
५५औं मिनेटमा मोस्तफाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मोस्तफाले फ्लोरेन्ट मोल्लेटको पासलाई सदुपयोग गरेका थिए ।
बराबरीको स्थितिपछि पिएसजीले दवाव सिर्जना गरेपनि नान्टेसको रक्षापङ्ति तोड्न सकिरहेको थिएन । तर, ८३औ मिनेटमा परिवर्तित खेलाडी रान्दल कोलो मुएनीले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।
७९औं मिनेटमा गोलकर्ता ब्राडलेकै स्थानमा मैदान छिरेका मुएनीले मैदानमा प्रवेश गरेको चार मिनेटमैगोल गर्न सफल भएका हुन् ।
यस जितले शीर्षस्थानमा रहेको पिएसजीले ६ अंकको अग्रतालाई यथावत राख्न सफल भएको छ । पिएसजीको १५ खेलबाट ३६ अंक पुगेको छ । दोस्रो स्थानको मोनाकोको समान खेलबाट ३० अंक छ । पराजित नान्टेस १८ अंक जोडेर नवौं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]