2 years ago
December 10, 2023
हिमाल खरेल,भद्रपुर
अर्जुनधारा नगरपालिकाले साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि छ ।

भद्रपुरको मेची रंगशालामा आइतबार भएको फाइनलमा बुद्धशान्ति गाउँपालिकालाई ३-० ले हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो ।
उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्यो।
दर्शकको उल्लेख्य उपस्थिति रहेको खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएन । अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ भए । उनले २ हजार रुपैयाँ र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किपर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बाहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बु भए । उनीहरुले समान ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।
प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए । उनले १० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे ।

विजेता तथा उपविजेता खेलाडी तथा अफिसियललाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेल, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले सन्चालित प्रतियोगिताका जिल्लाका पालिकाको सहभागिता रहेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]