default_image

2 years ago

December 10, 2023

ललितपुर एनएसएलको‌ शीर्षस्थानमा

1145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवन विरुद्ध आइतबार जित दर्ता गर्दै उपाधि दाबेदार मध्येको एक ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को पहिलो स्थानमा उक्लिएको छ ।

आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा ललितपुरले चितवन माथि ३-१ को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको जितमा पापा केबेले २ र विवेक पौडेलले १ गोल गरे ।

दोस्रो संस्करण सुरू हुनु अगावै उपाधि दाबेदार मानिएका यी दुई टोलीको खेल प्रतिस्पर्धात्मक नै रहेको थियो । बल पोसेसन दुबै टोलीको बराबर जस्तै देखिएको थियो । तर ललितपुरले आफ्नो मौका हरुको सदुपयोग गर्दै जित हासिल गर्दा चितवनलाई भने स्पष्ट मौकाहरु नै बनाउन हम्मे-हम्मे परेको थियो ।

खेलको पहिलो अवसर भने चितवनले सिर्जना गरेको थियो तर अमिनुले प्रहार गर्नु अघि अनन्त तामाङले बल क्लियर गरिदिए । सातौं मिनेटमा चितवनले अर्को मौका बनायो । विमल घर्तीमगरले अमिनुलाई दिएको पासमा अमिनुले रोशन राना मगरलाई स्पेशमा दिएको पासमा उनको प्रहार सनिश श्रेष्ठले ब्लक गरे ।

सनिशलाई त्यसपछि केही मेडिकल सहायता चाहिएको थियो । उनी चोटग्रस्त देखिएपनि फिजियोको उपचारपछि मैदानमै रहे । १३औं मिनेटमा ललितपुर गोलरक्षक बाल्टुसको लामो पास चितवनले क्लियर नगरेपछि दिनेश हेन्जनलाई अवसर सृजना भएको थियो तर उनको प्रहार गोलकिपर विशाल श्रेष्ठले कर्नरका लागि फालिदिए ।

१५औं मिनेटमा इमोहको क्रसमा केबेले बक्स भित्रबाट प्रहार गर्न सकेनन् । १८औं मिनेटमा चितवनले डिफेन्स लाईनमा मिसपास खेलेपछि इमोह इजिकिएलले पाएको बलमा पापा केबेलाई पास दिए तर उनको प्रहार विशालले बचाए ।

अर्को मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । पहिलो केही खेलमा चोटका कारण सुरुवाती ११ मा नरहेका केबेले गोल गर्दै अग्रता दिलाएका थिए । उनले दिनेश हेन्जनको क्रसमा गोलपोस्टको नजिक बाट गोल गरेका थिए ।

२७औं मिनेटमा निखिलको बक्स बाहिरबाट लिएको प्रहार युसुफ मुबारकले ब्लक गरे । २९औं मिनेटमा विमलको प्रहार ललितपुर गोलरक्षक बाल्टुसले बचाउ गरे ।

३१औं मिनेटमा अमिनुले एकल रन बनाउँदै बक्स भित्रबाट स्पेश बनाएर गरेको प्रहार सिधै बाल्टुसलाई लाग्न पुग्यो । ४०औं मिनेटमा इमोहलाई बक्स बाहिर फाउल गरेपछि ललितपुरले मुबारकको लागि रातो कार्डको अपिल गरेको थियो तर रेफ्रीले पहेँलो कार्ड मात्र दिए ।

४५औं मिनेटमा इमोहको प्रहार युसुफलाई लागेर क्रसबारको माथिल्लो भागमा लागेर बाहिरिन पुग्यो र ललितपुर अग्रता दोब्बर बनाउन बाट चुक्यो ।

दोस्रो हाफको पहिलो मौका चितवनका उत्सव राईले बनाए । उनको प्रहार डिफ्लेक्ट भएर बाहिर जन पुग्यो । ४९औं मिनेटमा दिनेशको क्रसमा इमोहको हेडर सिधै विशालको हातमा जान पुग्यो ।

५७औं मिनेटमा भने ललितपुरले दोस्रो गोल गर्यो । दिनेशको क्रस बक्सबाट क्लियर भएपछि बक्सको केही बाहिरबाट विवेक पौडेल शानदार भली प्रहार गर्दै ललितपुरले अग्रता दोब्बर बनायो । विवेकको त्यो प्रहारमा विशालले रोक्ने कुनै मौका पाएनन् ।

दोस्रो गोल खाएपछि भने चितवनले केही अवसरहरू बनायो । ६५औं मिनेटमा अफ्रिएको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो । ६७औं मिनेटमा टोरिकको प्रहारले पोस्टको दिशा लिन सकेन ।

६९औं मिनेटमा दिनेशको क्रसमा इमोहको हेडर पोस्टतर्फ जान सकेन । ७१औं मिनेटमा चितवनका नवयुग श्रेष्ठले बक्स बाहिरबाट गरेको प्रहार बाल्टुसले बचाए । ७३औं मिनेटमा टोरिकको क्रस ओमोलाजा करिमले राम्रो क्लियरेन्स गर्दै पोस्टको माथिबाट बाहिर फालिदिए ।

८९औं मिनेटमा चितवनले एक गोल फर्कायो । करिमले क्लियर गर्न खोज्दा अमिनु भाग्यशाली बन्दै उनलाई अवसर सिर्जना भयो र उनले गोल गर्दै चितवनलाई खेलमा फर्काए ।

तर अर्को मिनेटमै ललितपुरले पेनाल्टी पायो । उत्सव दाहालले बक्समा आदित्य शाक्यमाथि फाउल गरेपछि ललितपुरलाई जित सुनिश्चित गर्ने अवसर प्राप्त भयो । पेनाल्टीमा केबेले कुनै गल्ती गरेनन् र ललितपुरका लागि जित सुनिस्चित गरे ।

थपिएको समयको चौथो मिनेटमा दुबै टोलीले पोस्टमा प्रहार गरे । पहिले अमिनुले बक्सको बायाँ भाग बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । अर्कोतर्फ काउन्टरमा ललितपुरका केबेले पनि क्रसबारमा प्रहार गर्दा ह्याट्रीक पूरा गर्न सकेनन् ।

जित पछि पहिलो स्थानमा पुगेको ललितपुरको ५ खेलमा ९ अंक पुगेको छ । पराजित चितवन भने ५ खेलमा ५ अंकका साथ पाँचौं स्थानमै छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.