2 years ago
December 10, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार भएका खेलमा म्यानचेस्टर सिटीले जित हासिल गर्दा चेल्सी भने पराजित भएको छ ।

स्टार स्ट्राइकर एर्लिङ हालान्ड बिना नै मैदानम उत्रिएको म्यानचेस्टर सिटीले लुटन टाउन विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दा चेल्सी भने एभर्टन विरुद्ध २-० को हार बेहोर्न पुग्यो ।
प्रिमियर लिगमा गत चार खेलमा एक हार र तीन बराबरी गर्दै जित हासिल गर्न नसकेको सिटी लुटन विरुद्ध पनि सुरुमा गोल खान पुग्यो । एन्ड्रोस टाउनसेन्डको क्रसमा इलाइजाह अडेबायोले पहिलो हातको अन्त्यतिर हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर सिटीले दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्यो । ६२औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेट पछि जुलियन अल्भारेजको पासमा ज्याक ग्रिलिशले गोल गर्दै सिटीको पुनरागमन सफल पारे ।
जित पछि सिटी १६ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । पराजित लुटन भने १६ खेलमा ९ अंक सहित १८औं स्थानमा छ ।
उता चेल्सी भने एभर्टन विरुद्ध २-० ले पराजित भयो । फाइनान्सियल फेयर प्लेका कारणले १० अंक घटाइएको एभर्टनको जितमा अब्दुलाए डोकोरे र लुइस डोबिनले १-१ गोल गरे ।
जित पछि एभर्टन १६ खेलमा १३ अंकसहित १७औं स्थानमा छ । चेल्सी भने १६ खेलमा १९ अंकसहित १२औं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]