default_image

2 years ago

December 11, 2023

पहिलो हाफमा पोखरा र काठमाडौं अग्रता लिन संघर्षरत

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत पोखरा थन्डर्स र काठमाडौं रेजर्स फुटबल क्लबबीच खेल पहिलो हाफमा गोलरहित रहेको छ ।

पहिलो हाफमा पर्याप्त अवसर पाएपनि पोखरा पटक पटक अभागी रहेको छ । काठमाडौंले आज पछिल्लो खेलमा खराब प्रदर्शनका कारण गोलरक्षक अभिषेक बरालको स्थानमा एन्जल श्रेष्ठलाई मैदानमा उतारेको छ । उनलाई पोखराका मोसेस ग्याबा टुमले पहिलो हाफभरी व्यस्त राखेका छन् ।

चौथो मिनेटमा पोखराका मोसेस ग्याबाको प्रहारले पोस्टको दिशा लिन सकेन । १२औं मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा फ्रान्कलिन टाल्लाको हेडर प्रहार पोस्टको माथिबाट बाहिरियो ।

१४औं मिनेटमा आयुष घलानको पास रोक्ने क्रममा आन्द्रेस निया मिडफिल्डमा चिप्लिएपछि मोसेसले अवसर पाएका थिए तर उनको प्रहार डिफलेक्ट भएर बाहिरियो ।

१८औं मिनेटमा शोखरुख र खमीर गिलशनको राम्रो तालमेल मिलिरहेको बेला अन्जन राईले शोखरुखका लागि खेलेको पास असफल रहँदा मौका सिर्जना हुन सकेन । काउन्टरमा माेसेसको प्रहार एन्जलले बचाउन सफल भए ।

२७औं मिनेटमा राजीव लोप्चनको क्रस शोखरुखले नियन्त्रणमा।लिन नसकेपछि प्रहार गर्न सकेनन् । दुई मिनेट पश्चात उनकै फ्रिकिक यभ्स प्रिसोले बचाए ।

३४औं मिनेटमा पोखराका मार्कि खेलाडी आयुष घलानको थ्रु पासमा मोसेसको प्रहारमा एन्जलले हात लगाएपछि बल पोस्ट तर्फ अघि बढेको थियो तर नियाले सो बललाई क्लियर गरिदिए ।

३५औं मिनेटमा सुरजको कर्नरमा मोसेसको प्रहार एन्जल बिट भएपछि राजीव लोप्चनले गोल लाइनबाट क्लियर गरिदिए । ३८औं मिनेटमा सुरजको क्रसमा माेसेसले प्रहार गरेको हेडर क्रसबारको माथिल्लो भागमा लागेर बाहिरियो ।

४५औं मिनेटमा काठमाडौँका लागि पहिलो हाफको बीचमा खमीर गिलशनको ठाउँमा मैदान प्रवेश गरेका मार्की खेलाडी हिसुब थपलियाको क्रसमा एन्केन्गवेको फ्रि हेडर पोस्ट तर्फ गएन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.