2 years ago
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबार जारी स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेडको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गरेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा सकिएको छ ।

इलामले आज विराज महर्जनलाई बेन्चमा राख्दै पछिल्लो खेलमा निम्लम्बित आशिष गुरुङ र फरवार्ड आशिष गुरुङलाई मैदानमा उतारेको छ । यस्तै कप्तान विकेश कुथु पनि पछिल्लो खेलमा चोटका कारण मैदान बाहिर बसेपछि आज टोलीमा फर्किएका छन् । वीरगन्जले भने मिडफिल्डमा सुदीप गुरुङ र सुशील लामालाई उतारेको छ ।
खेलको पहिलो मौका भने पहिलो मिनेटमा नै वीरगन्जले बनाएको थियो । भिषण गुरुङले भरत खवासको खुट्टाबाट बल चोरेर दिएको पासमा विलियम ओपोकुले बक्स भित्रबाट पोस्टको माथि प्रहार गरे ।
त्यसपछि केहीबेर खेलमा मौकाहरु बनेनन् । तर १५औं मिनेटमा भने इलामले खेलमा अग्रता लियो । बक्सको बायाँपट्टिबाट आएको पासलाई नियन्त्रणमा लिएर आशिष चापागाईंले जालिको माथिल्लो भागमा प्रहार गर्दै इलामलाई अग्रता दिलाए ।
१८औं मिनेटमा इलामकै इब्राहीम जितेको पासमा फोडे कमाराले पनि पोस्टमा प्रहार गर्न सकेनन् । २०औं मिनेटमा सुरज बस्नेतको क्रसमा ओमार थिओमको एक्रोब्याटिक प्रहार पनि पोस्टको माथिबाट बाहिरिन पुग्यो ।
२१औं मिनेटमा इलाम गोलरक्षक विकेश रातो कार्ड पाउनबाट बचे । बक्स बाहिर आएर बललाई हातले छोएपनी रेफ्रीले कार्ड दिएनन् । अर्को मिनेटमा ओपोकुको कर्नरमा आईकिन्स बाफुरको प्रहार सुरज बस्नेतले गोल लाइन बाट क्लियर गरे ।
३३औं मिनेटमा वीरगन्जले बराबरी गोल गर्यो । सुशील लामाले बक्स बाहिरबाट खेलेको क्रसमा भिषणले रन बनाउँदै खाली रहेको अवस्थामा विकेशको खुट्टा मुनिबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।
३४ औं मिनेटमा इलामका अमाथ एनडअ रेफ्रीको खराब निर्णयबाट भाग्यमानी सावित भए । उनले मिडफिल्डमा सुदीप गुरुङविरुद्ध दुवै खुट्टा उचालेर गरेको ट्याकलमा बल नभेटेपनि रेफ्री कविन ब्यन्जनकारले पहेंलो कार्ड मात्र देखाए ।
३७औं मिनेटमा दिपेन्क राज ठकुरीले बक्स बाहिरबाट गरेको प्रहार विकेशले सहजै समाते । इन्ज्युरी समयमा अमाथ एनडअको पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]