2 years ago
December 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले अफिजको गोलमा धनगढी फुटबल क्लबले नेपाल सुपर लिग २ मा एफसी चितवनविरुद्ध अग्रता लिएको छ ।

पहिलो हाफको खेल सकिँदा धनगढीले खेलमा १-० को अग्रता लिएको छ । दोस्रो मिनेटमा ओलावाले अफिजको गोलमा धनगढीले अग्रता लिएको थियो । बल पोसेसनमा पकड जमाएपनि चितवनले आक्रमणको राम्रो अवसर सिर्जना गर्न संघर्ष गरिरहेको छ ।
इन्ज्युरी समयमा भने चितवनले बराबरी गर्न पेनाल्टीको अवसर पाएको थियो । तर विमल घर्ती मगरको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाएर अग्रता कायम राखे ।
चितवनले आजको सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ । गत खेलमा रातो कार्ड पाउँदै निलम्बनमा परेका उत्सव राईको स्थान हेम तामाङले लिएका छन् भने रोशन राना मगरको स्थानमा नवयुग श्रेष्ठ टोलीमा आएका छन् ।
उता धनगढीले भने तीन परिवर्तन गरेको छ । पछिल्लो खेलमा गल्ती गर्दै मैदान छाडेका गोलरक्षक मोहम्मद ताहाको स्थान टिकेन्द्र सिंह थापाले लिएका छन् भने मार्की आशिष चौधरीको स्थानमा अफिज ओलावाले खेल्दा साइमन लिम्बूको स्थानमा अभिषेक गुरुङ खेलेका छन् ।
खेलको पहिलो मिनेटमै चितवनका टोरिक जेब्रिनको मिसपास पछि धनगढीका अहमद हिजाजीको पासमा अफिज ओलावालेका लागि मौका सिर्जना भएको थियो तर उनी अफसाइड थिए । दोस्रो मिनेटमा भने धनगढीले अग्रता लियो ।
रोहन कार्कीको पासमा ओलावालेले बक्सको दायाँ छेउ बाट क्रस गरेको बल चितवन गोलरक्षक विशाल श्रेष्ठको माथिबाट पोस्ट भित्र छिरेको थियो ।
सातौं मिनेटमा चितवनका आईकोनीक खेलाडी विमल घर्ती मगरको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो । ११औं मिनेटमा अफ्रीए अक्वाहको क्रस टिकेन्द्रले पन्च गरिरिए ।
२७औं मिनेटमा चितवनका हेम तामाङको क्रसमा नवयुग श्रेष्ठलाई मौका बनेकोमा उनी अफसाइड रहे । ३४औं मिनेटमा बक्स बाहिरबाट रफिक अमिनुले टिकेन्द्र लाइन भन्दा अगाडि रहेको मौका पारी गरेको प्रयासमा उनले पोस्ट माथि प्रहार गरे ।
इन्ज्युरी समयमा रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिए । तर विमलले आफ्नो बायाँतर्फ गरेको प्रहार यसै खेलमार्फत सिजनको पहिलो सुरुवात गरेका गोलरक्षक टिकेन्द्रले बचाए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]