12 months ago
December 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी फुटबल क्लब नेपाल सुपर लिग २ मा अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा धनगढीले फुटबल क्लब चितवनलाई १-० ले पराजित गर्यो । खेलको दोस्रो मिनेटमा ओलावाले आफिजले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ।
पहिलो हाफकै इन्ज्युरी समयमा चितवनले बराबरी गर्न पेनाल्टीको अवसर पाएको थियो । तर विमल घर्ती मगरको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाएर अग्रता कायम राखे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न सकेनन् ।
यस जितले धनगढी ५ खेलमा ३ जित र २ बराबरीका साथ ११ अंक जोड्दै शीर्षस्थानमा छ । चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा कायम छ ।
चितवनले आजको सुरुवाती ११ मा दुई परिवर्तन गरेको थियो । गत खेलमा रातो कार्ड पाउँदै निलम्बनमा परेका उत्सव राईको स्थान हेम तामाङले लिएका छन् भने रोशन राना मगरको स्थानमा नवयुग श्रेष्ठ टोलीमा आएका थिए ।
उता धनगढीले भने तीन परिवर्तन गर्यो । पछिल्लो खेलमा गल्ती गर्दै मैदान छाडेका गोलरक्षक मोहम्मद ताहाको स्थान टिकेन्द्र सिंह थापाले लिएका छन् भने मार्की आशिष चौधरीको स्थानमा अफिज ओलावाले खेल्दा साइमन लिम्बूको स्थानमा अभिषेक गुरुङ खेलेका छन् ।
खेलको पहिलो मिनेटमै चितवनका टोरिक जेब्रिनको मिसपास पछि धनगढीका अहमद हिजाजीको पासमा अफिज ओलावालेका लागि मौका सिर्जना भएको थियो तर उनी अफसाइड थिए । दोस्रो मिनेटमा भने धनगढीले अग्रता लियो ।
रोहन कार्कीको पासमा ओलावालेले बक्सको दायाँ छेउ बाट क्रस गरेको बल चितवन गोलरक्षक विशाल श्रेष्ठको माथिबाट पोस्ट भित्र छिरेको थियो ।
सातौं मिनेटमा चितवनका आईकोनीक खेलाडी विमल घर्ती मगरको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो । ११औं मिनेटमा अफ्रीए अक्वाहको क्रस टिकेन्द्रले पन्च गरिरिए ।
२७औं मिनेटमा चितवनका हेम तामाङको क्रसमा नवयुग श्रेष्ठलाई मौका बनेकोमा उनी अफसाइड रहे । ३४औं मिनेटमा बक्स बाहिरबाट रफिक अमिनुले टिकेन्द्र लाइन भन्दा अगाडि रहेको मौका पारी गरेको प्रयासमा उनले पोस्ट माथि प्रहार गरे ।
इन्ज्युरी समयमा रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिए । तर विमलले आफ्नो बायाँतर्फ गरेको प्रहार यसै खेलमार्फत सिजनको पहिलो सुरुवात गरेका गोलरक्षक टिकेन्द्रले बचाए ।
४९औं मिनेटमा अफ्रीएको क्रसमा विमलको हेडर टिकेन्द्रले सहजै समाते । ५३औं मिनेटमा नवयुगको हेडर पनि उनले सहजै समाते ।
५८औं मिनेटमा धनगढीले अग्रता दोब्बर गर्ने ठूलो अवसर खेरा फाल्यो । छिरिङ गुरुङले विशाल श्रेष्ठका लागि खेलेको ब्याक पास खोसेर ओलावालेले दिएको पासमा आशिष चौधरीले खाली पोस्टमा गोल गर्न सकेनन् ।
७०औं मिनेटमा धनगढीका रामचन्द्र वाजीको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको दिशामा गएन । ७४औं मिनेटमा टोरिकको प्रहार पनि पोस्टको दिशामा जान सकेन ।
८३औं मिनेटमा अमिनुको हेडर प्रहार टिकेन्द्रले सहजै समाते । अर्को मिनेटमा अफ्रीएले लामो दुरीबाट गरेको प्रहार पनि पोस्टको माथिबाट बाहिरियो ।
यस हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना पातलिएको छ ।
लिग अन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुनेछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेल एनएसएलकै ५० औं खेल भएकाले टिकटमा ५० प्रतिशत छुट दिइएको छ ।
December 5, 2024
दिपक बोहोरा,पाँचथर छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् । सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ। फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा […]
December 4, 2024
हिमाल खरेल, बिर्तामोड दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि […]
December 4, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ। शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ। बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं […]