2 years ago
December 15, 2023
एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका ६ वटा जर्सी संयुक्त रुपमा ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ।

सन् २०२२ को विश्वकपमा लियोनेल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलर (६.१ मिलियन) पाउन्डमा बिक्री भएको हो ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकपको च्याम्पियन बनेको थियो । निर्धारित र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई पहिलो तथा उनी आँफै पनि पहिलोपल्ट विश्व च्याम्पियन बन्न सफल भएका हुन् ।
मेस्सीले कतार विश्वकपमा सबै सात खेल खेलेका थिए । (फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वाटरफाइनल, प्रि–क्वाटर फाइनल र समूह चरणका दुई खेलका गरी कुल ६ वटा जर्सी लिलामीका राखिएको थियो । उनले समूह चरणमा लगाएको एक जर्सी अष्ट्रेलियाका अन्तर्राष्ट्रिय क्यामी डेभलिनसँग साटफेर गरेका थिए ।
खेलमा लगाएको फुटबल जर्सीको रेकर्ड डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गर्ड’ जर्सी हो, जुन २०२२ मा ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो ।
आठ पटकको बालोन डी’ओर विजेता मेस्सी विश्वकपको इतिहासमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र एउटै प्रतियोगिताको फाइनलमा गोल गर्ने पहिलो खेलाडी हुन् ।
लिलामीबाट प्राप्त आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिने सोथेबीले बताएका छन् । उनका अनुसार त्यहाँ त्यो रकम दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]