2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत आज दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा दिउँसो १ बजे वीरगन्ज युनाइटेडले पोखरा थन्डर्ससँग खेल्नेछ भने दोस्रो खेलमा चितवनले स्पोर्टिङ इलामसँग दिउँसो ५ बजे खेल्नेछ ।

वीरगन्जले प्लेअफको आशा जीवित राख्ने हो भने जित दर्ता गर्नुपर्नेछ। पोखराले आज जित दर्ता गर्न सके तालिकाको शीर्ष स्थानमा उक्लने सम्भावना रहने छ । पछिल्लो खेलमा पोखराले काठमाडौंसँगको खेलको अन्तिम मिनेटमा हार बेहोरेको थियो । काठमाडौंसँगको त्यो हार पोखराको सिजनको पहिलो हार थियो ।
अर्कोतर्फ, अघिल्लो खेलमा इलामलाई अन्तिम मिनेटमा पेनाल्टी गोलको सहयोगले हराउँदै वीरगन्जले नेपाल सुपर लिगमा पहिलो जित दर्ता गरेको थियो । खेलको अन्तिम मिनेटमा इलामले पेनाल्टी पाएपछि खेल विवादले भरिएको थियो । यो निर्णयले इलामका खेलाडीहरु आक्रोशित हुनुका साथै झडप समेत भएको थियो ।
हालसम्म कमजोर नतिजा निकालेको एफसी चितवनले प्लेअफको सम्भावना कायम राख्न आज जित दर्ता गर्नुपर्नेछ । आज इलामका कप्तान विकेश कुथु अनुपस्थित हुँदा समित श्रेष्ठले गोलरक्षकको भूमिकामा खेल्ने देखिन्छ । इलामको भने प्लेअफ पुग्ने समीकरण आफ्नो नियन्त्रणमा छैन ।
सिजन सुरु हुनुअघि नै चितवनलाई उपाधिको दावेदारको रुपमा लिइएको थियो । तर, दुई खेलमा अन्तिम समयमा गोल खाँदै बराबरीमा रोकिएपछि चितवन कठिन अवस्थामा पुगेको छ । पछिल्लो खेलमा धनगढी विरुद्ध हार बेहोरेपछि चितवन झन् गाह्रो अवस्थामा पुगेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]