2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत पोखरा थन्डर्स शनिबारको पहिलो खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा पोखराले वीरगन्जलाई २-१ ले पराजित गरेको हो । पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १-१ गोल गरे । आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए ।
पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अंकका साथ पुछारबाट दोस्रोमा छ ।
वीरगन्जले गत खेलमा इलामविरुद्ध पराजित भएको सुरुवाती ११ मा दुई परिवर्तन गरेको थियो । जादजे गुस्ताभोको स्थान दिवाकर चौधरीले लिदा भिषण गुरुङको स्थानमा जय गुरुङ आए । यस्तै पोखराले एक परिवर्तन गर्दै सन्जीव विष्टको स्थानमा दिपेश आले मगरलाई उतारेको थियो ।
खेलको छैठौं मिनेटमा नै पोखराले खेलमा अग्रता लियो । आयुष घलानले बक्सको दायाँ पट्टी बाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जाे आइडुले गरेको प्रहारमा वीरगन्जका गोलरक्षक दीप हेरेर मात्र बसे ।
११ औं मिनेटमा नै वीरगन्जले खेलमा बराबरी गोल गर्यो । सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरले हेडर गोल गर्दै खेलमा बराबरी गरे । पोखरा गाेलरक्षक यभ्स प्रिसोको नजिकैबाट गएको बल उनले बचाउन सकेनन् ।
१६ औं मिनेटमा सुरज जिउ ठकुरीको क्रस दीपले समाउन नसकेपछि बल कर्नरमा लागि गयो तर सुरजकै कर्नर सहजै क्लियर भयो । २१औं मिनेटमा मोसेसले आयुषका लागि गरेको क्रस दिपेन्क राज ठकुरीले क्लियर गरिदिए ।
२८ औं मिनेटमा जो आइडुले मोसेसका लागि खेलेको क्रस बफुरले क्लियर गरिदिए । त्यसपछिको कर्नरमा फ्रान्कलिन टाल्लाको हेडर सिधै दीपको हातमा जान पुग्यो ।
४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा हेडर मार्फत गोल गर्दै मोसेसले खेलमा पोखरालाई अघि बढाए ।
५९औं मिनेटमा अभिषेक लामाको क्रसमा स्टेफन अन्नोर बक्स भित्र खाली रहेको अवस्थामा बल नियन्त्रणमा लिन नसकेपछि मौका खेरा गयो । ६८औं मिनेटमा अन्नोरकै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको निकै टाढाबाट बाहिरियो ।
७१औं मिनेटमा वीरगन्जका विवेक चौधरीको प्रहार प्रिसोले बचाए । सीमान्त थापाको लामो थ्रो-इन विलियम ओपोकुले फ्लिक गरेपछि विवेकको लागि सिर्जना भएको अवसरमा उनको प्रहार प्रिसोले बचाए ।
८३औं मिनेटमा पोखराले अग्रता बढाउने ठूलो अवसर खेरा फाल्यो । पदम तामाङको थ्रु पासमा अन्नोरले बफुरलाई बिट गर्दै सन्जीव विष्टका लागि खेलेको पासमा उनले खाली पोस्टमा गोल गर्न सकेनन् ।
८८औं मिनेटमा आइडुको प्रहार दीपले बचाउ पोस्ट पछाडि फालिदिए । त्यसपछिको कर्नर भने सिधै दीपको हातमा जान पुग्यो ।
शनिबार हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी खेल्नेछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]