2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा शनिबार दशरथ रंगशालामा जारी दिनको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ्ग इलाम एफसी बीचको खेल पहिलो हाफ गोलरहित सकिएको छ ।

चितवनले आजको खेलमा दुई परिवर्तन गरेको छ । विदेशी डिफेन्डर मार्को इभानोभिचको स्थान विक्रम धिमालले लिँदा नवयुग श्रेष्ठको स्थानमा रोशन राना मगर सुरुवाती ११ मा फर्किएका छन् ।
उता इलामले भने तीन परिवर्तन गरेको छ । गत खेलमा निलम्बनमा परेका कप्तान विकेश कुथुको स्थान समित श्रेष्ठले लिएका छन् भने ओमार थिओम र आशिष चापागाईंको स्थानमा सौरभ लिम्बु र नवीन लामा टोलीमा आएका छन् ।
दोस्रो मिनेटमा नै चितवनका रफिक अमिनुको प्रहार समितले सहजै समाते । छैठौं मिनेटमा चितवनका छिरिङ गुरुङको क्रसले कोही सहकर्मी भेटाउन सकेन ।
१२औं मिनेटमा इलामका फोडे कमाराको क्रसले पनि कसैलाई भेटाउन सकेन । २६औं मिनेटमा चितवनका टोरिक जेब्रिनले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
३०औं मिनेटमा इलामका नवीन लामाको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो । ४५औं मिनेटमा चितवनले ठूलो मौका खेरा फाल्यो । अफ्रीए अक्वाहको बक्स बाहिरबाट लिएको प्रहार रोशन राना मगरको खुट्टामा लागेर अमिनुको खाली रहेको अवस्थामा उनको खुट्टामा पुगेको थियो । तर उनको प्रहार सिधै समितको ज्यानमा लाग्न पुग्यो ।
चितवन अहिलेसम्म खेलेको ६ खेलमा ५ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ६ खेलमा ४ अंकसहित पुछारमा छ ।
आजको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी लाई २-१ ले हराएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]