2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ खेलमा ५ अंकसहित पुछारमा छ ।
दुवै टोलीको प्लेअफन स्थान बनाउने सम्भावना पनि लगभग समाप्त नै भएको छ । चौथो स्थानमा रहेको काठमाडौंको तीन खेल खेल्न बाँकी रहँदा नै ८ अंक रहेको छ ।
चितवनले आजको खेलमा दुई परिवर्तन सहित सुरुवाती ११ घोषणा गरेको थियो । विदेशी डिफेन्डर मार्को इभानोभिचको स्थान विक्रम धिमालले लिँदा नवयुग श्रेष्ठको स्थानमा रोशन राना मगर टोलीमा फर्किएका थिए ।
उता इलामले भने तीन परिवर्तन गरेको थियो । गत खेलमा रातो कार्ड खाँदै निलम्बनमा परेका कप्तान विकेश कुथुको स्थान समित श्रेष्ठले लिएका थिए भने ओमार थिओम र आशिष चापागाईंको स्थानमा सौरभ लिम्बु र नवीन लामा टोलीमा अटाएका थिए ।
दोस्रो मिनेटमा नै चितवनका रफिक अमिनुको प्रहार समितले सहजै समाते । छैठौं मिनेटमा चितवनका छिरिङ गुरुङको क्रसले कोही सहकर्मी भेटाउन सकेन ।
१२औं मिनेटमा इलामका फोडे कमाराको क्रसले पनि कसैलाई भेटाउन सकेन । २६औं मिनेटमा चितवनका टोरिक जेब्रिनले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
३०औं मिनेटमा इलामका नवीन लामाको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो । ४५औं मिनेटमा चितवनले ठूलो मौका खेरा फाल्यो । अफ्रीए अक्वाहको बक्स बाहिरबाट लिएको प्रहार रोशन राना मगरको खुट्टामा लागेर अमिनुको खाली रहेको अवस्थामा उनको खुट्टामा पुगेको थियो । तर उनको प्रहार सिधै समितको ज्यानमा लाग्न पुग्यो ।
५९औं मिनेटमा अमाथ एनडवलाई विशालले बक्स बाहिर आएर विफल पारे । ६१औं मिनेटमा अमिनुले बललाई जालि चुमाएपनि छिरिङले त्यसअघि बक्स भित्र गरेको फाउलका कारण गोल मान्य भएन ।
अर्को मिनेटमा विशालले राम्रो बचाउ गर्दै इलामलाई विफल पारे । एनडवको क्रसमा फोडे कमाराको हेडर विशालले आफ्नो दायाँतर्फ डाइभ गर्दै बचाएका थिए ।
७७औं मिनेटमा विमलले अमिनुको क्रस राम्ररी नियन्त्रणमा लिएपनि प्रहार भने पोस्ट भन्दा धेरै माथि गरे ।
८१औं मिनेटमा इलामका दिपेश घलेले राम्रो मौकामा गोल गर्न सकेनन् । नवीन लामाको क्रसमा उनको हेडरमा चाहेजस्तो सम्पर्क बनेन र बल पोस्टको केही बाहिर जान पुग्यो ।
खेलको अन्त्यतिर इलामका एनडव दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेपछि अन्तिम केही मिनेट इलाम १० जनाले खेलेको थियो । थपिएको समयको पाँचौं मिनेटमा विमलले सिक्स यार्ड बक्स भित्रबाट अमिनुको क्रसलाई गोलमा परिणत गर्न असफल रहे । त्यसको तीन मिनेट पछि टोरिक जेब्रिनको फ्रिकिक पनि पोस्टको दिशामा नगएपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।
आजको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी लाई २-१ ले हराएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]