default_image

2 years ago

December 18, 2023

केनको कीर्तिमानसँगै बायर्नको जित

1191 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान एवम् फरवार्ड ह्यारी केन उच्च लयमा छन्। त्यसैले बुन्डेसलिगामा उनले कीर्तिमान बनाएका छन्।

बुन्डेसलिगामा उनी सर्वाधिक छिटो २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बायर्न म्युनिखले आइतबार राति भिएफबी स्टुटगार्टलाई ३ – ० ले हराउँदा केनले २ गोल गरे ।

घरेलु मैदान एलियान्ज एरिनामा केनले खेल दोस्रो मिनेटमा नै गोल गरेका थिए । लियोरी सानेले दिएको पासमा उनले गोल गरेका हुन्। ५५ औं मिनेटमा केनले अर्को गोल गर्दै अग्रता दोब्बर पारे ।

बुन्डेसलिगामा पहिलो सिजन खेलिरहेका केनको १४ औं खेलमा त्यो २०औं गोल हो । योसंगै उनले ह्यामबर्गका उबे जिलाको नाममा रहेको कीर्तिमान तोडे । जिलाले सन् १९६३/६४ को सिजनमा २१ खेलमा २० गोल गरेका थिए । २०२० मा बोरुसिया डर्टमन्डबाट एर्लिङ हालान्डले २२ खेलमा २० गोल गरेका थिए ।

बायर्नका लागि ६३ औं मिनेटमा किम मिनले तेस्रो गोल थपे । यो सिजन किम मिनको त्यो पहिलो गोल हो । साविक विजेता बायर्न १४ खेलबाट ३५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको शीर्ष स्थानको बायर लिभरकुसेन बायर्न अझै ४ अंकले अघि छ। ३१ अंकसहित स्टुटगार्ट चौथो स्थानमा छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.