2 years ago
December 18, 2023
एजेन्सी- स्पेनिस ला लिगाको शीर्ष रोमान्चक बनिरहेको छ। जिरोनालाई पछि पार्दै रियल म्याड्रिड पुनः पहिलो स्थानमा पुगेको छ ।

रियलले आइतबार भिल्लारियाललाई ४ – १ ले सहजै हरायो । टोलीको जितमा जुड बेलिङगम, रोड्रिगो,ब्राहिम डियाज र लुका मोड्रिचले गोल गरे।
घरेलु टोलीले खेलको २५ औं मिनेटमा बेलिङगमको हेडर गोलमार्फत अग्रता लिएको थियो । ला लिगामा बेलिङगमको त्यो १३ औं हो । उनले मोड्रिचको पासमा गोल गरेका हुन् । ३७ औं मिनेटमा रोड्रिगोले गोल गरे। अफसाइड लिएको त्यो गोललाई भिएआरले मान्यता दिएको थियो।

५४ औं मिनेटमा होसे लुइस मानेरालेसले गोल गर्दै अन्तर घटाएका थिए । तर ६४ औं मिनेटमा डियाजले गोल गर्दै रियालको अन्तरलाई बढाए । ६८ औं मिनेटमा मोड्रिचले गोल गरेपछि रियलको जित सहज बन्यो।
रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको जिरोना (४१ अंक) सोमबार हुने खेलमा विजयी भएमा पुनः शीर्ष स्थानमा फर्कने छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]