2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)-केन्द्रीय सदस्य पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्यसमितिको बैठक बहिष्कार गरेकी छिन्।

एन्फाको महिला संघका प्रतिनिधि उपाध्यक्ष कमला हिराचन र महासचिव विना श्रेष्ठलाई बैठकमा बस्न नदिएपछि अपमान भएको भन्दै लामाले बैठक बहिष्कार गरेकी हुन्।
एन्फामा आबद्ध खेलाडी, प्रशिक्षक, रेफ्री संघका अध्यक्षलाई एन्फा कार्यसमितिको बैठकमा आमन्त्रण गर्ने गरिन्छ। खेलाडी संघका अध्यक्ष विक्रम लामा, प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङ, रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङ बैठकमा सहभागी छन्। लामा महिला संघको अध्यक्ष पनि हुन् ।
‘म केन्द्रीय सदस्यका रुपमा बैठकमा बस्ने हो । अन्य संघको प्रतिनिधित्व हुने भएकोले महासचिव किरण राईसँग मौखिक सहमति लिएर मैले उहाँहरुलाई महिला संघको प्रतिनिधित्व गर्न बैठकमा बोलाएको थिए ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेकी लामाले भनिन्, ‘बैठक सुरु हुनु अघि अध्यक्ष र महासचिवले उहाँहरु बस्न मिल्दैन भनेपछि केही समय विवाद जस्तो भयो । मैले बस्न पाउनुपर्ने अडान राखे । अरु साथीहरुले पनि बस्न दिनुपर्छ भन्नुभयो । तर अध्यक्षले मिल्दैन भनेपछि उहाँहरु निस्कनुभयो। त्यसपछि मैले अपमान महसुस गरेर बैठक छाडेर निस्किए । यो महिला संघप्रति गरिएको अपमान हो ।’
एन्फा बैठकमा १५ वटा एजेण्डामा छलफल भइरहेको छ। आजको बैठकले पूर्व महासचिव इन्द्रमान तुलाधरलाई सिइओ र विजय घलेलाई सहायक महासचिव नियुक्त गर्ने सम्भावना छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]