2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा काठमाडौं रेजर्स विरुद्ध धनगढी एफसीले मध्यान्तर सम्म अग्रता बनाएको छ । धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै १-० को अग्रता बनाएका हुन् ।

पछिल्लो संस्करणका शीर्ष दुई टोली यसपटक पनि राम्रै लयमा छन् । खेलको मध्यान्तर सम्म दुवै टोलीले मौकाहरु बनाउन सफल भएपनि धनगढीले मात्र मौकाको सदुपयोग गर्न सफल भएको छ
१५औं मिनेटमा धनगढीले खेलमा अग्रता लिन सफल भयो । फलु डियाग्नेको क्लियर गरेको बल काठमाडौंका आन्द्रेस नियाले किपरलाई पास दिन खिन्दा अहमद हिजाजीले बलमा पुगेर किपर एन्जल श्रेष्ठ माथि चिप गर्दै अग्रता दिलाए ।
अर्को मिनेटमा नै काठमाडौँले बराबरी गर्ने मौका खेरा फाल्यो र धनगढीले राहतको सास फेर्यो । तोजीदिनोभको क्रस देवेन्द्र तामाङले क्लियर गर्न नसकेपछि बल क्रसबारमा लागेर फर्कियो र प्रशान्त अवस्थीको खुट्टामा पुग्यो । उनले सिक्स यार्ड बक्सको छेउ बाट बललाई पोस्टको माथि प्रहार गरे ।
२०औं मिनेटमा काठमाडौँका मार्की हिसुब थपलियाको प्रहार टिकेन्द्र सिंह थापाले बचाए । २३औं मिनेटमा तोजीदिनोभको फ्रिकिक सिधै वालमा लागेर फर्कियो ।३०औं मिनेटमा उनकै बक्स बाहिरबाट लिएको प्रहार डिफ्लेक्ट भएर पोस्ट बाहिर जान पुग्यो ।
पहिलो हाफको अन्तिम समय तिर फलु डियाग्नेको फ्रिकिक वालमा लागेर ओलावालेको खुट्टामा पुगेपछि उनले हिजाजीको लागि खेलेको पासमा हिजाजीको प्रहार एन्जलले बचाउ गरे ।
त्यसबाहेक पहिलो हाफमा स्पष्ट अवसरहरु कुनै टोलीले सिर्जना गर्न सकेन ।
धनगढी अहिलेसम्म अपराजित रहँदै ५ खेलमा ११ अंक जोड्दै पहिलो स्थानमा छ । काठमाडौं भने ५ खेलमा ८ अंक सहित चौथो स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]