2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग (आईएसएल) मा पहिलो जित दर्ता गरेका छन् ।

किरण सम्मिलित पन्जाब एफसीले चेन्नाईन एफसी विरुद्ध १-० को जित निकाल्दै आइएसएलमा क्लब इतिहासकै पहिलो जित दर्ता गरेको हो ।
पन्जाबको जितमा मादिह तलालले खेलको एकमात्र गोल गरे । किरणले खेलको पुरै निर्धारित समय खेल्दै क्लिन सिट समेत राख्न सफल भए । यस सिजनको बीचमा केही खेल नखेलेका किरणले पछिल्लो तीन खेलमा पहिलो रोजाइमा फर्कंदै टोलीमा पुनरागमन गरेका थिए । उनले यसबीचमा इस्ट बङ्गालविरुद्ध गोलरहित बराबरी खेल्दा क्लिनसिट पनि राखिसकेका थिए ।
गत सिजनको आई-लिग उपाधि जित्दै पंजाब पहिलो श्रेणीमा बढुवा हुने पहिलो टोली बनेको थियो । किरण पन्जाबमा सम्झौता नविकरण गर्दै अनन्त तामाङ पछि उनी आइएसएल खेल्ने दोस्रो नेपाली खेलाडी समेत बनेका थिए । अनन्तले यसअघि इस्ट बंगालबाट आइएसएल खेलेका थिए ।
आइएसएलमा यस सिजन सम्म रेलिगेसनमा कुनै टोली पर्ने छैन । अखिल इंडिया फुटबल महासंघ (एआईएफएफ) ले २०२४-२५ को सिजन बाट मात्र बढुवा र घटुवा गराउने तयारी गरेको छ ।
पन्जाब ११ खेलमा १ जित, ५ बराबरी र ५ हारसहित तालिकाको १०औं स्थानमा उक्लिएको छ । यसमा किरणले ६ खेल सुरुवात गर्दै १ जित, २ बराबरी र ३ हारको नतिजा निकालेका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]