2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा आजका लागि दुई खेल तय भएका छन् । दिनको १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीको यस संस्करणको यात्रा एकदमै बेग्लै छ । ललितपुर आजको खेलमा जित हासिल गर्न सकेमा पहिलो स्थानमा उक्लिनेछ । शीर्ष दुईमा रहेर प्लेअफमा आफ्नो स्थान बनाउने सम्भावना बलियो हुनेछ । तेस्रो स्थानमा रहेको ललितपुरको ६ खेलमा १० अंक रहेको छ । शीर्ष स्थानमा रहेको धनगढीका समान ६ खेलमा १२ अंक छ ।
उता इलाम भने प्लेअफमा पुग्ने दौड बाट बाहिरीसकेको छ । आज नवप्रवेशी टोली इलामको यस संस्करणमा अन्तिम खेल हो । ७ खेल खेल्दासम्म पुछारमा रहेको इलामको ५ अंक मात्र रहेको छ ।
आज दिनको दोस्रो खेलमा ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्ने छन् । पोखरा ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा रहँदा बुटवल भने समान ६ खेलमा ७ अंक जोड्दै छैठौं स्थानमा छ । अर्को खेलको नतिजा आफ्नो पक्षमा भएमा पोखरा आज शीर्ष स्थानमा उक्लिन सक्ने सम्भावना रहेको छ । उता बुटवल भने आज जित हासिल गर्दै प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]