2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ को प्लेअफ समिकरणबाट बाहिरीसकेको स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई स्तब्ध पारेको छ ।
दशरथ रंगशालामा मंगलबार इलामले ललितपुरलाई १-० ले पराजित गर्यो । दोस्रो हाफमा फोडे कामाराको गोल नै इलामको जितमा निर्णायक सावित भयो । ललितपुरले सिजनको पहिलो हार बेहोर्दा प्लेअफमा स्थान पक्का गर्ने अवसर पनि गुमायो ।
इलाम यस जितसँगै ८ खेलमा ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ललितपुर भने ७ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । यस हारले ललितपुरको प्लेअफ पुग्ने सम्भावनामा धक्का लागेको छ ।
खेलको चौथो मिनेटमा ललितपुरले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । गोलरक्षक विकेश कुथु पोजिसनबाहिर रहेको अवस्थामा सेसेहाङ आङदेम्बेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डर विमल पाण्डेले छेक्दै अघि जान दिएनन् । लगत्तै त्यसपछि मिडफिल्डर विवेक पौडेलले चोट बोक्दा ललितपुरले उनको स्थानमा रोशन पहारीलाई मैदान पठाएक थियो ।
खेलको २३ औं मिनेटमा कप्तान विकेशले उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित नै राखे । दिनेश हेन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार विकेशले आफ्नो दायाँतर्फ डाइभ दिँदै बाहिर पठाए । त्यसपछि कर्नरबाट आएको रिबाउन्डमा अनन्त तामाङको अन्तिम प्रहार पनि विकेशको हातमा पुग्यो ।
३७ औं मिनेटमा ललितपुरको अग्रतासामु क्रसबार बाधक बन्यो । अनन्त तामाङले मैदानको मध्यभाग नजिकबाट गोलरक्षक विकेश अघि रहेको अवस्थामा छिटो लिएको फ्रिकिक क्रसबारमा लाग्यो । विकेशले अन्तिम समयमा हातले बल छुँदै बललाई क्रसबारतर्फ पठाएका थिए ।
दोस्रो हाफको सुरुवातमै अनिल महर्जनको प्रहार ब्लक हुन पुग्यो । ५२औं मिनेटमा उनकै अर्को प्रहार डिफ्लेक्ट भएर पोस्टको बाहिर गयो ।
५३औं मिनेटमा इलामका नवीन लामाको कर्नर फोडे कमाराले पोस्ट माथि हेड गरे । ५७औं मिनेटमा अनिल महर्जनको कर्नरमा अनन्तको हेडर पछि सेशेहाङको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
लगातार ललितपुरले आक्रमण बुनिरहेको बेलामा ५९औं मिनेटमा इलामले ललितपुरको गल्तीकै कारण खेलमा अग्रता लियो । ओमाेलाजा करिमको खुट्टाबाट बल खोसेर फोडे कमाराले बाल्टुसको खुट्टा मुनिबाट गोल गर्दै खेलमा अग्रता दिलाए ।
गोल खाएपछि पनि ललितपुर नै खेलमा हावी रह्यो । ६२औं मिनेटमा अनिलको क्रसमा पापा केबेको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
७४औं मिनेटमा दिनेश हेन्जनको प्रहार इमोह इजीकिएलको टाउकोमा लागेर विकेशको हातमा जान पुग्यो ।
८०औं मिनेटमा करिमले पुनः हेडर जित्न नसकेपछि कमारा पुनः वान अन वान अवसरको भागेदार बनेका थिए । तर उनको खुट्टामा लागेर बल सिधै बाल्टुसको हातमा पुग्यो ।
९०औं मिनेटमा पापाको क्रसमा इमोहको हेडर विकेश बिट भइसकेपछि आशिष गुरुङले क्लियर गरे । त्यस लगत्तै पापाको हेडर विकेशले राम्रो बचाउ गरेर पाखा लगाए ।
आज हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी भिड्नेछन् । प्लेअफ दौडमा महत्त्वपूर्ण समिकरण बोकेको यो खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]