default_image

2 years ago

December 20, 2023

चेल्सी इएफएल कपको सेमिफाइनलमा

618 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चेल्सीले न्यूक्यासललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । टाइब्रेकरमा चेल्सीका सबै चारजना कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिचले गोल गरे ।

न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गर्न सफल भए । काइरन ट्रिपिएरको दोस्रो पेनाल्टी बाहिरिदा माट रिट्चेको चौथो पेनाल्टीलाई चेल्सीका दोस्रो रोजाईका गोलरक्षक जर्ज पेट्रोभिचले विफल पारे ।

त्यसअघि चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको क्वाटरफाइनलमा न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएर टाइब्रेकरमा लम्ब्याएका थिए ।

१६औं मिनेटमा विल्सनले गोल गरेपछि चेल्सी खेलमा १–० ले पछि परेको थियो । तर, त्यो अग्रतालाई न्यूक्यासलले अन्तिम समयसम्म जोगाउन सकेन ।

इन्ज्यूरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मुड्रिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा रहिम स्ट्रर्लिङको स्थानमा मैदान छिरेका मुड्रिचले गोल गर्दै चेल्सीलाई खेलमा कायम राखेका थिए ।

यही खेलबाट फ्रान्सेली मिडफिल्डर फरवार्ड एनकुन्कुले चेल्सीबाट डेब्यु गरेका छन् । यसै सिजन जर्मन क्लब आरबी लाइप्जिगबाट चेल्सी आएका उनी सिजनको सुरुवातमै घुँडाको शल्यक्रियाका कारण झन्डै ५ महिना मैदान बाहिर रहे ।

यस्तै फुलहम र मिडल्सवर्गले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीपछि फुलहमले एभर्टनलाई टाइब्रेकरमा ७–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा मिडल्सवर्गले पोर्ट भाललाई ३–० ले हरायो । अब लिभरपुल र वेस्ट ह्याम युनाइटेडबीत अन्तिम क्वाटरफाइनल खेल हुन बाँकी छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.