2 years ago
December 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले आइभोरी कोस्टका फरवार्ड डिडिएर ड्रोग्बालाई दोस्रो संस्करणका दौरान नेपाल ल्याउने जानकारी थियो ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यान्जेमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले प्रतियोगिता सुरु हुनुअघि डिसेम्बर तेस्रो सातामा ड्रोग्बा नेपाल आउने जानकारी दिएका थिए । तर यसबीचमा ड्रोग्बा आइभोरी कोस्टमै हुने अफ्रिका कप अफ नेसन्स २०२३ (एफ्कन) मा व्यस्त हुने भएपछि उनी पूर्व निर्धारित समयमा आउन नपाउने भएका हुन् ।
‘हामीले सुरुवातमा डिसेम्बर तेस्रो साताको लागि छलफल गरेका थियौं । तर एफ्कनको एम्बेसडर भएकाले उहाँको तालिकामा हेरफेर भयो । हामीले अझैपनि फाइनलमा ल्याउन प्रयास गरिरहेका छौं,’ कार्कीले भने ।
‘हाम्रो उहाँको संस्थासँग दिर्घकालिन सहकार्य गर्दैछौं । उहाँको टिमबाट केहि पछि नेपाल आउने भनेपनि हामीले प्रतियोगिता दौरान नै ल्याउने सक्दो प्रयास गरिरहेका छौं । एनएसएल नहुँदा पनि फाउन्डेसनसँग मिलेर हामीले अन्य काम भने गर्ने नै छौं,’ कार्कीले भने ।
एफ्कन १३ जनवरीदेखि आइभोरी कोस्टमा आयोजना हुँदैछ । प्रतियोगिताको एम्बेसडर रहेका उनी हाल अफ्रीका भ्रमणमा रहेको कार्कीले जानकारी दिए ।
एनएसएलले गत महिना ड्रोग्बा फाउन्डेसनसँग मिलेर जाजरकोटको भूकम्पमा पिडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]