2 years ago
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल सुपर लिग (एनएसएल) मा राउण्ड रोविन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले शीर्षस्थान पक्का गरेको छ ।

यस खेल अघि नै शीर्ष दुईमा रहेर क्वालिफायरमा स्थान पक्का गरिसकेको पोखराले शुक्रबार १-१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो ।
पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो ।
धनगढीको ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक पुगेको छ। धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ ।
झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टु हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्नेछ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै पहिलो चरणको अन्त्य गर्ने छ ।
दशरथ रंगशालामा शुक्रबार दुबै टोलीका लागि गोल गर्ने थुप्रै अवसरहरू थिए । तर दुबै टोली जित भने निकाल्न असफल रहे ।
चौथो मिनेटमा धनगढीका फलु डियाग्नेको लामो प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले जोगाए ।
१० औं मिनेटमा पदम कुमार तामाङको लामो प्रहार फार-पोस्टलो नजिकबाट बाहिरिदा पोखराले अग्रता बनाउने मौका गुमायो ।
१६ औं मिनेटमा सन्जिव विष्टको वान-अन-वान प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले उत्कृष्ट बचाउ गरे।
२९ औं मिनेटमा डिबक्स भित्रबाट अविशेक गुरुङको प्रहार गोलरक्षक प्रिसोले सहजै बचाए । ३३औं मिनेटमा धनगढीका मिलन राईको प्रहारमा अहमद हिजाजीको हेडर पोखराका गोलरक्षक प्रिसोले गोललाईनबाट क्लियर गरे।
३५ औं मिनेटमा डिबक्स एरिया नजिकबाट पोखराका पदक कुमार तामाङको प्रहार आकाशियो।
४२औं मिनेटमा धनगढीले खेलमा अग्रता लियो । अहमद हिजाजीले आफ्नै पोस्टको बाहिर बल जितेर ओलावालेका लागि खेलेको थ्रु-पासमा फ्रान्कलिन टाल्लाले बल त जितेका थिए तर उनले आफ्नो गोलरक्षक प्रिसोका लागि खेलेको पास ओलावालेको खुट्टामै पुगेपछि उनले दिएको पासमा मिलनले सहज गोल गरे ।
४५औं मिनेटमा स्टेफन अन्नोरको क्रस डिफ्लेक्ट भएर पोस्टमा लागेर बक्समा खसेको थियो । रिबाउन्डमा भने कमल बहादुर थापाले लडिरहेका गोलरक्षक मोहम्मद ताहाको हातमा हान्न पुगेपछि पोखराले खेलमा बराबरी गर्न सकेन ।
५२औं मज एफमा ओलावालेले बक्सको छेउबाट पोस्टको माथि प्रहार गरे । ५५औं मिनेटमा सुरज जिउ ठकुरीको कर्नरमा सन्जीव विष्टको हेडर आकाशियो । ६१औं मिनेटमा सुरजकै फ्रिकिक ताहाले बचाए ।
७८औं मिनेटमा अभिषेकको पासमा ओलावालेको प्रहार पोस्टको दिशामा रहेन । ८०औं मिनेटमा मिलान राईको पासमा अभिषेक गुरुङको प्रहार दोस्रो हाफमा मैदान प्रवेश गरेका पोखराका गोलरक्षक देव लिम्बुले लाइन अगाडि आएर बचाउ गरे ।
९०औं मिनेटमा पोखराले बराबरी गोल गर्न सफल भयो । सुरजको क्रसमा मोसेस ग्याबाले फार-पोस्टमा ट्याप-इन गर्दै खेलमा बराबरी गरे ।
त्यसको दुई मिनेट भित्र माेसेसले जित दिलाउनका लागि तीन अवसर पाएका थिए । पहिलो अवसरमा ताहाले बक्स बाहिर आएर बचाउदा दोस्रो प्रहार पोस्टको दिशामा रहँदा सकेन । त्यसपछिको प्रहार भने ताहाको हातमा नै जान पुग्यो ।
आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । चितवन प्लेअफ दौडबाट बाहिरिसकेको छ भने झापाको प्लेअफ सम्भावना कायमै छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]