default_image

2 years ago

December 23, 2023

सुआरेज मेस्सीसँगै इन्टर मियामीबाट खेल्ने

1329 views

0 Bookmark

एजेन्सी – उरूग्वेका स्टार फरवार्ड लुईस सुआरेज फेरि सुपरस्टार लियोन मेस्सीसँगै खेल्ने भएका छन् ।

मेस्सीसँग नजिकको सम्बन्ध रहेका सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । मायामीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत उनीसँगको अनुबन्ध सार्वजनिक गरेको हो ।

पछिल्लो समय सुआरेजले ब्राजिलियन क्लब ग्रेमियोबाट खेलेका थिए। ग्रेमियोलाई ब्राजिलियन सेरी एको दोस्रो स्थान दिलाउन उनको महत्वपूर्ण भूमिका रहेको थियो । शीर्ष स्थानको पाल्मेरास भन्दा ग्रेमियोको १ अंक मात्र कम थियो । सो सिजनमा ३३ खेलमा १७ गोल गरेका सुआरेज सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेका थिए ।

मियामीमा उनले बार्सिलोनाका पूर्व सहकर्मी मेस्सीसहित सर्जियो बुस्केट्स र जोर्डी अल्बासँगै खेल्ने भएका छन् ।

‘इन्टर मियामीसँगको यो नयाँ चुनौती लिन पाउँदा म धेरै खुसी र उत्साहित छु’, सुआरेजले भने,’ साझा महत्वाकांक्षाको साथ के हासिल गर्न सक्छौं भन्ने बारेमा आशावादी छु । नया साथी र प्रशिक्षक हरुलाई भेट्न पनि उत्सुक छु ।’

मियामीका मालिक जोर्गे मासले सुआरेजलाई भित्र्याउन पाएकोमा खुसी छन्। उनले भने ‘सुआरेजमा रहेको जितको भोकले हाम्रा लागि फलदायी हुनेछ । अमेरिकामा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न सक्ने टोली बनाउन विश्वका उत्कृष्ट खेलाडीहरुलाई क्लबमा ल्याउनेछौ भनेर समर्थकलाई वाचा गरेका थियौं।’

बार्सिलोनामा रहँदा मेस्सी र ब्राजिलियन स्टार नेयमारसँगै कीर्तिमानी ट्रायोका रुपमा स्थापित सुआरेजले आयाक्स, लिभरपुल, एट्लेटिको म्याड्रिड जस्ता क्लबबाट पनि खेलिसकेका छन् । उनले आफ्नो करियरमा ४ सय ५० भन्दा बढी गोल गरेका छन् ।

उनले युरोपेली च्याम्पियन्स लिग र कोपा अमेरिकासहित २० भन्दा बढी उपाधि जितेका छन् । उनी उरुग्वेका सर्वाधिक गोलकर्ता समेत हुन् । उनले राष्ट्रिय टोलीबाट १ सय ३८ खेलमा ६८ गोल गरेका छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.