default_image

2 years ago

December 23, 2023

बुटवलले वीरगन्जलाई हराउँदा ललितपुर प्लेअफमा

1524 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले अन्तिम खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराएको छ । बुटवलले १-० को जित दर्ता गर्दा ललितपुर सिटी एफसी भने प्लेअफमा छनोट भएको छ ।

बुटवलका लागि चन्दन दासले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक सावित भयो । वीरगन्ज युनाइटेडलाई प्लेअफमा पुग्न जित चाहिएको अवस्थामा बुटवलले त्यो हुन दिएन । यता वीरगन्जको हारले ललितपुर प्लेअफ पुग्दा झापा फुटबल क्लबको सम्भावना पनि जीवित छ ।

यस जितले बुटवल ८ खेलमा १० अंकसहित पाँचौ स्थानमा छ । ललितपुर र झापाको पनि समान १० अंक छ तर हेड टु हेडमा ललितपुर अघि छ । वीरगन्ज भने ८ खेलमा ८ अंकसहित आठौं स्थानमा रहेर लिग अन्त्य गर्यो ।

दिनको अन्तिम खेलमा काठमाडौं रेजर्सले जित हासिल गरे काठमाडौं प्लेअफ पुग्नेछ, ललितपुरको जित वा बराबरीले झापा अघि बढ्नेछ ।

१०औं मिनेटमा बुटवलका जिलेस्पी जंग कार्कीको प्रहार डिफ्लेक्ट भएर बाहिरियो । ११औं मिनेटमा वीरगन्जका ओवेदको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको दिशामा गएन ।

१५औं मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै समाते । त्यसपछिको मिनेटमा वीरगन्जको एउटा पेनलाटी अपीलमा रेफ्रीले पेनाल्टी दिएनन् । आन्द्रे बियिकको ब्याक पास राम्रो नभएपछि उनले विलियम ओपोकुलाई लडाएका थिए तर रेफ्रीले पेनाल्टी दिएनन् ।

२५औं मिनेटमा सुशील लामाको कर्नर मोहम्मडुले समात्न नसकेपनि रेफ्रीले फाउल दिएपछि खतरा टर्यो । ३०औं मिनेटमा सुशील लामाको प्रहार बक्स भित्र ब्लक हुन पुग्यो ।

३६औं मिनेटमा दीपले राम्रो बचाउ गर्दै बुटवललाई अगाडि जानुबाट रोके । उनले बहका बाहिरबाट लिएको प्रहार दीपले आफ्नो बायाँतर्फ डाइभ गरेर राम्रो बचाउ गरे ।

पहिलो हाफको थपिएको समयमा जिलेस्पीको क्रस नियन्त्रणमा लिएर आशिष लामाले पोस्टको निकै टाढा प्रहार गरे । पोस्टको निकै नजिकबाट उनले प्रहार गरेको भली निकै टाढाबाट बाहिरिएको हो ।

४८औं मिनेटमा सुशील लामाको क्रसमा आइकिन्स बाफुरको फारपोस्टको प्रहार पोस्टको दिशामा गएन । ५५औं मिनेटमा सुनिल खड्काको प्रहार पोस्टमा लागेर बाहिरिन पुग्यो ।

६३औं मिनेटमा पासाङ लामाको बक्स बाहिरबाट लिएको प्रहार आकाशियो । ६६औं मिनेटमा ओपोकुको प्रहार मोहम्मडुले बचाए ।
६९औं मिनेटमा ओपोकुको फ्रिकिकमा उनले चाहेजस्तो शक्ति प्रहार गर्न सकेनन् ।

७७औं मिनेटमा एरिक विष्टको प्रहार दीपले बचाए । त्यसको दुई मिनेट पछि गौरव श्रेष्ठले ओपोकुलाई बक्स भित्र प्रहार गर्न नदिइ बल क्लियर गरे ।

८४औं मिनेटमा मणि कुमार लामाको कर्नरमा पासाङको प्रहारपनि पोस्ट तर्फ जान सकेन । ८७औं मिनेटमा सुशील लामाको प्रहार पनि सही दिशामा गर्न सकेन ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा भने खेलमा बुटवलले गोल गर्यो । एरीक विष्टको पासमा चन्दन दासले गोल गर्दै बुटवललाई जित दिलाए ।

दिनको अन्तिम खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सको खेल साँझ ५ बजे सुरु हुनेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.