2 years ago
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका ६ क्लबले लिगको तयारीका बाँकी रकम एक साता भित्र भुक्तानी गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई संयुक्त रुपमा अल्टीमेटम दिएका छन् ।

ए डिभिजनका ६ क्लबका फ्रेन्ड्स, एनआरटी, सातदोबाटो युथ, मनाङ मस्याङ्दी, चर्च ब्वाइज युनाइटेड र खुलमटार युथ प्रतिनिधिले आइतबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
६ क्लबले लिगको तयारी रकम भुक्तानी पुस १५ गते सम्म नभए एन्फो सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् । यु १६ लिग सोमबारबाट पुन सुरु हुँदा मनाङ र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
अहिले लिग खेल्ने र पुस १५ गते सम्म भुक्तानी नभए त्यसपछिका कुनै पनि प्रतियोगितामा आफ्नो क्लबले भाग नलिने फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले बताएका छन् ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]