2 years ago
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग( एनएसएल) को क्वालिफायरमा सोमबार पोखरा थन्डर्सले धनगढी एफसी विरुद्ध मध्यन्तरसम्म १-० को अग्रता बनाएको छ ।

मार्की खेलाडी आयुष घलानको गोलमा पोखराले अग्रता लिएको हो । खेलको सुरुवाती समयदेखि नै पोखराले खेलमा आक्रमण बुनिरहेको थियो । सुरुवातमै अग्रता पनि लियो । तर पहिलो हाफको मध्यान्तारसम्म पुग्दा धनगढीले पनि खेलमा केही पकड बनाउन थाल्यो ।
खेलको तेस्रो मिनेटमा नै पोखराका सुरज जिउ ठकुरीको कर्नर क्लियर भएपश्चात फ्रान्कलिन टाल्लाको हेडर धनगढीका गोलरक्षक मोहमद ताहाले बचाए । त्यसपछि जो आइडुको बक्स बाहिरको प्रहार आफ्नै टिममेटलाई लागेर बाहिरियो ।
पाँचौं मिनेटमा भने पोखराले खेलमा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले पोस्टतर्फ प्रहार गर्न नसकेपनि बललाई आयुषको सामु डिफ्लेक्ट गरिदिए । आयुषले सो बलमा कुनै गल्ती नगरी पोखरालाई अग्रता दिलाए ।
आठौं मिनेटमा पोखराले अग्रता दोब्बर गर्ने अवसर गुमायो । दिनेश राजवंशीको लामो पासमा नरेन्द्र चौधरीको हेडरमा आयुषलाई स्पेसमा रन बनाउने राम्रो अवसर बनेको थियो । उनलाई सो रनमा आयुष चौधरीले रोक्न पुगेपनि उनले दिपेशलाई पास भने खेल्न भ्याए । तर सो पासमा दिपेशको प्रहार ताहाले बचाए ।
१८औं मिनेटमा अन्नोरको पासमा माेसेसको प्रहार पोस्टको दिशामा जान सकेन । २४औं मिनेटमा धनगढीले खेलमा पहिलो स्पष्ट मौका बनायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गाेललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।
३१औं मिनेटमा जो आइडुको फ्रिकिक ताहाले बचाएर पोस्टमा धकेलिदिए । रिबाउन्डमा माेसेसको प्रहार पनि ताहाले बचाउन सफल भए ।
यी दुई टोली लिग तालिकाको शीर्ष दुई स्थानमा रहँदै क्वालीफायर १ का लागि छनोट भएका थिए । आजको विजेता सिधै फाइनलमा आफ्नो स्थान बनाउन सफल हुने छ । पराजय भोग्ने टोलीले अझै एक मौका प्राप्त गर्ने छ । आज पराजित हुने टोलीले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर २ मा खेल्नेछ ।
काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ । क्वालिफायर २ बिहीबार हुने छ । फाइनल खेल शनिबार हुने छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]