2 years ago
December 27, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ। रास्मन हइलुन्डको निर्णायक गोलमा युनाइटेडले मंगलबार
एस्टन भिल्लालाई ३ – २ पुररागमन जित हासिल गरेको हो ।

युनाइटेडको लागि अर्को २ गोल अलेहान्द्रो गारान्चोले गरेका थिए। एस्टन भिल्लाका लागि लियन्डर डेन्डोन्कर र जना मिक्गिनले गोल गरेका थिए।
भिल्लाले २१ औं मिनेटमा मिक्गिनको गोलबाट अग्रता लिएको थियो। २६ औं मिनेटमा डेन्डोन्करले गोल गरेपछि घरेलु टोली २ – ० ले पछि परेको थियो ।
दोस्रो हाफमा अर्जेन्टिनी गोरान्चाले २ गोल गरेपछि युनाइटेड खेलमा फर्केको थियो। ५९ औं मिनेटमा पहिलो गोल गरेका गारान्चोले ७१ औं मिनेटमा बराबरी गोल गरेका थिए। त्यसअघि गोरान्चोले ४८ औं मिनेटमा गरेको गोल भिएआरले खारेज गरिदिएको थियो।
८२ औं मिनेटमा हइलुन्डले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गरेपछि युनाइटेडले खेल जितेको थियो। युनाइटेडले ३ खेलपछि प्रिमियर लिगमा पहिलो जित हासिल गरेको हो ।
अंक तालिकाको छैटौं स्थानमा उक्लिएको युनाइटेडको १९ खेलबाट ३१ अंक पुगेको छ । तेस्रो स्थानको भिल्लाको ३९ अंक छ ।
गएराति प्रिमियर लिगका अन्य खेलमा नटिङघम फरेस्टले न्युक्यासललाई ३ – १ ले हरायो। बर्नमाउथले फुलह्यामलाई ३ – ० ले पराजित गर्यो ।
लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३ – २ र लिभरपुलले बनर्लीलाई २-० ले हराएको छ। आर्सनललाई पछि पार्दै लिभरपुल (४२अंक) शीर्ष स्थानमा फर्किएको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]