default_image

9 years ago

January 24, 2017

आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल – संकटा र नारायणगज भिड्दै

149 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद )– सिएमजी क्लब संकटा र बंगलादेशको नारायणगज एफसीबीच आज १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । संकटा विभागिय टोलीलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको थियो भने नारायगज सोझै क्वार्टरफाइनल खेल्दैछ ।

aaha-rara-gold-cup-2073-pokhara

नारायणगज टोली काठमाडौं हुँदै सोमबार रातीमात्र पोखरा आइपुगेको छ । पूर्व निर्धारित बंगलादेशको प्राराजगज स्र्पोर्टिङ क्लबले अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भाग नलिने जनाएपछि बंगलादेशकै अर्को टोली पोखरा पुगेको हो । संकटा तेस्रो पटकको सहभागितामा पनि क्वार्टरफाइनल पुग्न सफल भएको थियो ।

यो बर्ष चितवन विकास रनिङ शिल्ड जितेको संकटा गत सातामात्र सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको फाइनल खेलेर पोखरा आइपुगेको छ । यद्दपी टोलीले काँकरभिट्टा गोल्डकप र हेटौंडामा उच्च प्रदर्शन गर्न सकेन । संकटा तीन बर्षपछि आहा खेल्न आएको हो । यसअघिका दुई सहभागितामा टोली क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेको छैन ।

२०६१ मा पहिलो र २०७० मा दोस्रो पटक सहभागि भएको संकटा दुवै पटक क्वार्टरफाइनलमा मनाङसँग पराजित भएर राजधानी फर्केको थियो । पहिलो सहभागितामा धरानलाई र दोस्रो सहभागितामा जावालखेललाई हराउँदै संकटा अन्तिम आठमा पुगेको थियो ।

आजको खेल जितेमा संकटाले माघ १३ गते फेरी एकपटक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नुपर्ने हुन्छ । केही दिनअघि मात्र संकटालाई १–० ले हराउँदै मनाङले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप जितेको थियो ।

cmg-sankata

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.