2 years ago
December 29, 2023
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ भुटियालाई निमन्त्रणा दिएको थियो । राई र भुटियाले संयुक्त रुपमा ट्रफी अनावरण गरेका थिए ।
एनएसएलको लोगोलाई ट्रफीको रुपमा तयार पारिएको थियो । पहिलो संस्करणमा अर्कै ट्रफी थियो । २६ वर्षपछि नेपाल आउन पाउँदा खुसी लागेको जनाउँदै भुटियाले एनएसएलले नेपाली फुटबल विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे ।
अनावरणमा राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, कार्यक्रममा एनएसएमकी अध्यक्ष आश्रयता कार्की चौधरी र एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीको पनि उपस्थिति थियो ।

लिग चरणमा तालिकाको दोस्रो स्थानमा रहेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो र धनगढी ४–३ ले विजयी भएको थियो ।
पोखराले ललितपुर एफसीसँग फाइनलमा पुग्ने अर्को मौका पाएको थियो तर सो दोस्रो क्वालिफायरमा १० जनामा सिमित भएको ललितपुर अतिरिक्त समयमा २–१ ले विजयी भयो । ललितपुरले यसअघि काठमाडौंलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो । धनगढी र ललितपुरबीचको फाइनल खेल साँझ ५ः३० बजे सुरु हुने छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]