2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधिका लागि आज (शनिबार) धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे फाइनल सुरु हुने छ ।

यी दुबै टोलीको फाइनल यात्रा बेग्लै रहेको छ । लिग तालिकामा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गरेको थियो । रोमान्चक एवंम् प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० र थप समयमा २–२ को बराबरीपछि पोखरालाई टाईब्रेकरमा ४–३ ले हराउदै धनगढी अन्तिम दुईमा पुगेको थियो ।
सो खेलमा दुई पटक पछि परेको अवस्था उल्ट्याउँदै खेललाई टाईब्रेकर सम्म लम्ब्याएर गोलरक्षक मोहम्मद ताहाको भूमिका महत्वपूर्ण रह्यो । टाइब्रेकरमा मात्र उनले २ खेलाडीको बचाउ गरेका थिए ।
उता ललितपुरको फाइनल यात्रा भने कठिन थियो । पहिलो खेलमा बुटवल विरुद्ध २–० को जित निकाल्दै उपाधि दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेको ललितपुरले बीचमा लय गुमाएको थियो । शीर्ष दुईमा स्थान पक्का गर्न हात टार्नुपर्ने अन्तिम खेलमा पनि काठमाडौंल विरुद्ध पराजित हुँदै ललितपुर चौथो हुँदै प्लेअफमा पुगेको हो ।

फाइनल खेल्न दुई खेल जित्न पर्ने अवस्थामा दुबै खेल जित्दै ललितपुर फाइनल पुगेको हो । एलिमिनेटरमा काठमाडौंलाई नै ३–० ले हराएको ललितपुरले दोस्रो क्वालिफायरमा भने पोखराविरुद्ध १० जनामा सिमित रहेको अवस्थामा अतिरिक्त समयमा २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
विवेक पौडेल र रोशन पहरीलाई चोटका आजको खेलमा हुने छैनन् । पछिल्लो खेलमा रातो कार्ड खाएका भारतीय मिडफिल्डर निखिल कदमले पनि आज खेल्ने छैनन् । यात्रा भिन्न रहेपनि उपाधि जित्ने अन्तिम मौकाको खेल जित्नका लागि दुबैले हर सम्भव प्रयास गर्नेछन् । पछिल्लो संस्करणमा फाइनलमा हार बेहोरेको सम्झना भुलाउँदै धनगढी उपाधि उचाल्न चाहन्छ । धनगढीको च्याम्पियन बन्ने सपनामा बाधक बन्दै उपाधिमा उचाल्ने लक्ष्यमा ललितपुर हुनेछ ।
यसअघिको दुई भेटमा धनगढी र ललितपुर दुबै टोलीले जित निकाल्न सकेका थिएनन् । यस पटकको लिगमा गोलरहित बराबरी खेलेको यी दुई टोलीले सन् २०२१ मा भएको पहिलो संस्करणमा १–१ को बराबरी खेलेका थिए । आजको खेल जित्नेले टोलीले एकअर्कासँगको पहिलो खेल सफलता मात्र प्राप्त गर्ने छैन च्याम्पियन कै हैसियत बनाउनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]