default_image

2 years ago

December 31, 2023

म्यानचेस्टर सिटी र चेल्सीको‌ जित

553 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी र चेल्सीले आ–आफ्ना खेलमा जित दर्ता गरेका छन् । सिटीले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो । चेल्सीले लुटन टाउन विरुद्ध ३–२ ले जित निकालेको हो।

सिटीको जितमा रोड्री र जुलियन अल्भारेजले समान एक गोल गरेका हुन्। खेलको १४औ मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल गर्दै खेलना सिटीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो गोल भने ६१औ मिनेटमा अल्भारेजले गरेका हुन्। उनको गोलमा पनि फोडेनकै पासमा थियो।

जित पछि सिटी तेस्रो स्थानमा उक्लिएको छ। सिटीको १९ खेलमा ४० अंक भएको छ। पराजित सेफिल्ड भने २० खेलमा ९ अंक सहित पुछारमा छ।

अर्को खेलमा चेल्सीले ३-० को अग्रता बनाएको अवस्थाबाट २ गोल खान पुगेको थियो।

१२ औं मिनेटमा ज्याकसनको प्रहार लुटनका गोलकिपर कमिन्सकीले बचाएपछि लुटनले बल सिधै कोल पाल्मरको खुट्टामा दिएपछि उनले गोल गर्दै खेलमा चेल्सीलाई अग्रता दिलाएका थिए। ३७ औं पाल्मरको पास लिएर नोनी मडुएकेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए।

७०औ मिनेटमा पाल्मरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए। तर त्यसपछि चेल्सीले खेलमा केहि लय गुमाउन पुग्यो।

८०औ मिनेटमा रस बार्कल़ी र ८७औ इलाइजाह अडेबायोले गोल गर्दै लुटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर चेल्सीले अग्रता जोगाउन सफल रह्यो ।

जित पछि २० खेलमा २८ अंक बनाएको चेल्सी १०औ स्थानमा छ। लुटन भने १९ खेलमा १५ अंक सहित १८औ स्थानमा छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.