default_image

2 years ago

December 31, 2023

टोटनहमको जित, आर्सनल पराजित

1668 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहम हटस्पर विजयी भएको छ । अर्को खेलमा आर्सनल भने पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नमाउथ माथि ३–१ को जित हासिल गरेको हो । नवौं मिनेटमा पापे सारले जियोभानी लो सेल्सोको पासमा बक्सको भित्रबाट गोल गर्दै खेलमा अग्रता लिएका थिए । गोलकर्ता सारले पहिलो हाफमा नै चोटका कारण मैदान समेत छाडेका थिए ।

टोटेनहमले दोस्रो गोल गर्न ७१औं मिनेटमा सम्म कुर्नु परेको थियो । लो सेल्सोकै पासमा कप्तान सन ह्युङ–मिनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ८०औं मिनेटमा ब्रेनन जोन्सनको पासमा रिचार्लीसनले गोल गर्दै अग्रता अझै बढाए । ८४औं मिनेटमा बर्नमाउथका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

जित पछि टोटेनहम २० खेलमा ३९ अंक सहित पाँचौं स्थानमा यथावत छ । बर्नमाउथ १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।

आर्सनलले भने तालिकाको शीर्ष स्थानमा जाने मौका गुमाएको छ । फुलहमसँग २–१ को हार बेहोरेपछि आर्सनलले पहिलो स्थानमा उक्लन पाएन ।

पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाएका थिए । फुलहमले २९औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै खेल बराबरीमा ल्याए । ५९औं मिनेटमा फुलहमकाबब्बी रिडले गोल गर्दै खेलमा अग्रता दिलाए । सोही गोल जितका लागि पर्याप्त भयो ।

आर्सनल २० खेलमा ४० अंकसहित चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक छ । एस्टन भिल्लाको २० खेलमा ४२ अंक नै रहँदा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ४० अंक छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.