2 years ago
January 6, 2024
एजेन्सी – ब्राजिली फुटबल लेजेन्ड मारियो जागालोको निधन भएको छ । ब्राजिललाई चार पटक विश्वकप विजेता बनाएका मारियोको ९२ वर्षको उमेरमा निधन भएको हो ।

जागालोले खेलाडी र प्रशिक्षकको रुपमा ब्राजिललाई चार पटक विश्वकप फुटबलको उपाधि जिताएका थिए । विंगर जागालोले सन् १९५८ र १९६२ मा खेलाडीको रुपमा तथा सन् १९७० र १९९४ मा प्रशिक्षकको रुपमा ब्राजिलबाट फिफा विश्वकपको उपाधि जितेका थिए ।
सन् १९७० मा ब्राजिलले विश्वकप जित्न उनी टोलीका मुख्य प्रशिक्षक बनेका थिए । त्यसबेला ब्राजिलको टिमलाई सर्वकालीन टिमको रुपमा हेरिएको थियो । त्यसबेला पेले, जर्जिन्हो र कार्लोस अल्बर्टोजस्ता खेलाडी थिए ।
उनले अन्तिम पटक सन् १९९४ मा विश्वकपको उपाधि जिते । उनी त्यसबेला कार्लोस अल्बर्टो परेराको सहायक प्रशिक्षक थिए । सन् १९९८ मा उनी ब्राजिलको प्रशिक्षक बनेपनि त्यसबेला भने विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।
ब्राजिल विश्वकप फुटबलको सर्वाधिक सफल टिम हो, उसले ५ पटक यो उपाधि जितेको छ । उनी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने पहिलो प्रशिक्षक हुन् । यो उपलब्धि जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडियर डेसच्याम्प्सले पनि भेटेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]