2 years ago
January 7, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको एरानडिनामाथि ३–१ को सहज जित हात पार्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एरान्डा डुइरो स्पेनमा शनिबार राति भएको खेलमा रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । एरानडिनाले एक गोल उपहार पाएको थियो । सबै चार गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।
खेलको सुरुवातदेखि नै बल पोसेन राख्दै रियलले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । पेनाल्टी बक्समा ब्राहिम डियाजलाई जाजुले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा जोसेलु चुकेनन् ।
५५औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रिगोले गोल गरेपछि रियलले खेलमा ३–० को अग्रता कायम गर्दै जिततर्फ अग्रसर बन्यो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाँचो फर्नान्डेजले आत्मघाती गोल गरेपछि खेल ३–१ को स्थितिमा पुगेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।
कोपा डेल रेकै अर्काे खेलमा एट्लेटिको म्याड्रिडले लुगोलाई ३–१ ले पराजित गरेको छ । यस्तै ला लिगामा यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोना, गेटाफे, रायो भालेकानो र डिपोर्टिभो अलाभेसले पनि सफलता हात पारेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]