2 years ago
January 7, 2024
एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित हुने पक्का भएको छ । टोटेनहमले वेर्नरलाई आरबी लाइप्जिगबाट सिजनको अन्त्यसम्म लोनमा अनुबन्धित गर्ने सहमत भएको छ ।

टोटेनहमले यो सिजनको अन्त्यपछि स्थायी सम्झौता गर्ने विकल्पका साथ २७ वर्षीय वेर्नरलाई क्लबमा अनुबन्ध गर्न सहमत भएको छ । अब उनी यसै साता मेडिकलको लागि लन्डन जानेछन् ।
सन् २०२० मा वेर्नर ४५ मिलियन पाउन्डमा अर्काे लन्डन क्लब चेल्सीमा अनुबन्धित भएका थिए । तर, चेल्सीमा उनले सोचेअनुरुपको खेल पस्कन नसक्दा उनी २०२२ मा लाइप्जिग नै फर्किएका थिए । टिमोले चेल्सीका लागि ८९ खेलमा २३ गोल गरेका छन् । उनले चेल्सीमा दुई सिजन बिताउँदा च्याम्पियन्स लिगसँगै युइएफए सुपर कप जितेका छन् ।
वेर्नरले यो सिजन जर्मन बुन्डेसलिगामा १४ खेलमा २ गोल गरेका छन् । टोटनहम जाने निश्चित भएपछि वेर्नर शनिबार सेन्ट ग्यालेनसँगको मैत्रीपूर्ण खेलमा संलग्न थिएनन् ।
लाइप्जिगका अध्यक्ष मार्को रोजले वेर्नर उत्तरी लन्डन क्लब टोटेनहममा जोन पक्का भएको पुष्टि गरेका छन् । ‘यो सहि हो कि टिमो लोनमा जान चाहन्छन् । उनी युरोपियन च्याम्पियनसिप खेल्न चाहन्छन् ।’ रोजले भने, ‘हामी उहाँलाई शुभकामना दिन्छौं ।’
वेर्नरसँग जर्मनीबाट ५७ क्याप जित्दा २४ गोल गरेका छन् । उनले पछिल्लोपटक गत मार्चमा बेल्जियमसँग पराजित भएको मैत्रीपूर्ण खेल खेलेका थिए ।
ह्युङ मिन सन र जेम्स म्याडिसन अझै चोटका कारण बाहिर रहेकाले टोटेनहम फरवार्डको खोजीमा रहेको थियो । टोटेनहमले इंग्लिस प्रिमियर लिग अन्तरगत १४ जनवरीमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]