2 years ago
January 8, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली युवा टोलीले चीनको चीनको चिङहाइ प्रदेशको युवा टोली विरुद्ध मैत्रीपुर्ण खेल खेल्ने भएको छ । खेल माघ २७ गते दशरथ रंगशालामा दिनको ३ बजे हुने एन्फाले जनाएको छ ।
नेपालमा सन् २०२४ चिनियाँ नयाँ वर्ष मनाउने क्रममा नेपाली युवा फुटबल टोलीले सो खेल खेल्ने छ । नेपालस्थित चीनको दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । मैत्रीपूर्ण खेलको आयोजक अखिल नेपाल फुटबल संघ र नेपाल ओभरसिज चाइनिज एसोसिएसन रहने छन् ।
एन्फाले खेलका लागि टिकट दर समेत सार्वजनिक गरेको छ । सामान्य टिकटदर रु ३०० रहनेछ भने भिआईपी टिकट मूल्य दर रु ५०० तोकिएको छ । उद्घाटन समारोह र मैत्रीपूर्ण खेलको हाफ टाइममा नेपाल र चीनका साँस्कृतिक आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ ।
तर प्रतियोगितामा नेपाली टोलीबाट कुन स्तरका खेलाडीले खेल्ने भन्ने हालसम्म सार्वजनिक गरिएको छैन । अधिकांश सिनियर खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त रहँदा एन्फाले कुनै निर्णय लिन सकेको छैन । टोलीको प्रशिक्षण कसले गर्ने पनि एन्फाले सार्वजनिक गरेको छैन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच गत महिना भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र युवा फुटबल टिमको यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने सन्दर्भमा प्रारम्भिक छलफल भएको थियो । तर एन्फाले हालसम्म यू-२१ टोली निर्माणबारे कुनै जानकारी दिएको छैन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]