2 years ago
January 10, 2024
एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो ।

चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसअघि रिभरसाइड स्टेडियम मिडल्सब्रगमा मंगलबार राति भएको खेलको पहिलो हाफमै कोल पाल्मेरले तीन सुवर्ण अवसर खेर फाल्दा चेल्सी अग्रता लिनबाट चुकेको थियो ।
एक गोलले पछि परेको चेल्सीले ७२ प्रतिशत बल पोसेसन राखेपनि मिडल्सब्रगको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा स्तब्ध बन्न पुग्यो । चेल्सीलाई हार चखाउन मिडल्सब्रगका गोलरक्षक थोमस ग्लोभरले सानदार प्रदर्शनसहित बचाउ गरे ।
अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ । बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ । १–० को जितले पनि फाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।मिडल्सब्रगलाई बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ ।
अर्काे सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र फुलहमबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोलीबीचको दोस्रो लेग २५ जनवरीमा हुनेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]