default_image

2 years ago

January 11, 2024

लिग कपमा लिभरपुलको जित

591 views

0 Bookmark

एजेन्सी- लिभरपुलले लिग कप सेमिफाइनलको‌ पहिलो लेगमा जित निकालेको छ । बुधबार फुलहमसँगको खेलको दोस्रो हाफमा पुनरागमन गर्दै लिभरपुलले २-१ जित हासिल गरेको थियो।‌

लिभरपुलका‌ लागि कर्टिज जोन्सले बराबरी र कोषी गाक्योले विजयी गोल गरेका थिए। १९ औं मिनेटमा विलियनको‌ गोलबाट फुलहमले अग्रता बनाएको थियो।

जोन्सले ६८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । खेलको ७१ औं मिनेटमा गाक्पोले विजयी गोलका थिए  । घरेलु मैदान एनफिल्डमा यो सिजन लिभरपुल १६ खेलमा अपराजित रहेको छ । त्यसमध्ये १४ खेलमा टोली विजयी भएको छ ।

सेमिफाइनलको‌दोस्रो लेग जनवरी २४ मा फुलहमको मैदान कारभेन कटेजमा हुनेछ ।
मंगलबार पहिलो सेमिफाइनलको‌ पहिलो लेगमा चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको थियो । फाइनल फेब्रुअरी २६ मा हुनेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.