2 years ago
January 15, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आइतबार जित निकालेको छ। पिएसजीले आइतबार १० खेलाडीमा सीमित लेन्सलाई २-० गोलले हराएको हो ।
पिएसजीलाई जित दिलाउन ब्राइली बार्कोला र केलियन एमबाप्पेले गोल गरेका थिए। खेल सुरु भएको ७ मिनेटमा नै लेन्सले अग्रता लिने मौका पाएको थियो। तर टोलीले पेनाल्टीमा गोल गर्न सकेन ।
खेलको ३० औं मिनेटमा एम्बाप्पेको पासमा बार्कोलाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्डकोसामना गरेपछि लेन्स १० खेलाडीमा सीमित भएको थियो।

खेल सकिन १ मिनेट बाँकी रहँदा एम्बाप्पेले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । लिग वानमा त्यो उनको १९ औं गोल हो ।
१८ खेलमा ४३ अंकसहित पिएसजी तालिकाको शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको नाइसको भन्दा पिएसजीको ८ अंक बढी छ। लेन्स २६ अंकका साथ आठौं स्थानमा छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]