2 years ago
January 16, 2024
दिपक बोहरा , इलाम
प्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुने भएको छ ।
रेडहर्स क्लब इलामको आयोजनामा माघ ६ गते इलाम सदरमुकाममा सुरु हुने प्रतियोगितामा १ विदेशी टिमसहित ८ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक र मानेभञ्ज्याङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको आयोजक रेडहर्सका सचिव प्रकाश घिमिरेले जानकारी दिए । दर्शकका लागि मैदानको दाँया र बाँया बाँसको प्यारापिट निर्माण कार्य सकिएको छ । खेल मैदानमा सम्याउने काम भइरहेको घिमिरेले बताए।
प्रतियोेगिताको पहिलो चरणका लागि १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको सचिव घिमिरेले जनाए । गैरआवासीय नेपाली ( एनआरएन) ले प्रतियोगितालाई प्रायोजन गरेको छ ।
माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]