2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा हुने साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।
टोलीमा मुख्यतः यु-१५ र यु-१७ टोलीबाट नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरु रहेका छन् । देश भरीबाट खुला छनोट गरी ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको थियो । टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्याम सुन्दर सिंह रहेका छन् भने शैलेश कर्माचार्य गोलकिपिङ प्रशिक्षक रहेका छन् । इन्दु दुवाल टिम व्यवस्थापकमा नियुक्त भएकी छिन् ।
आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।
नेपाली टोली:
गोलकिपर: सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी
डिफेन्डर: दिव्या यसमाली महर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के
मिडफिल्डर: बिर्सना चौधरी, झुमा विश्वकर्मा, सराह बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङतान
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]