2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टलाई भारतीय (आई) टोली सिलोङ लाजोङले अनुबन्ध गरेको छ ।
भारतको मेघालयको सिलोङले बिहीबार सामाजिक संजाल मार्फत एरिकलाई अनुबन्ध गरेको जनाएको छ । एरिक आई–लिगको यो सिजनको बाँकी खेलका लागि क्लबमा आवद्ध भएका हुन् ।
सिलोङबाट आई लिग खेल्ने एरिक दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले पनि सोही क्लबबाट आइ लिग खेलेका थिए । फ्रेन्चाइज लिगको पहिलो संस्करणमा ललितपुर सिटी एफसी प्रतिनिधित्व गरेका एरिक यो सिजन बुटवल लुम्बिनी एफसीका मार्की खेलाडीका साथै कप्तान पनि थिए ।

एरिक उमेर समूह हुँदै राष्ट्रिय टोलीको नियमित सदस्य बनिसकेका छन् । एरिकले सन् २०२० मा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । एरिकले सहिद स्मारक ए डिभिजन लिगमा न्यू रोड टिमबाट खेलिसकेका उनी चर्च ब्वाइज युनाइटेड क्लबले ए डिभिजिन लिग उपाधि जित्दा टोलीको सदस्य थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]