2 years ago
January 18, 2024
एजेन्सी – अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप २०२३ को अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको छ । अष्ट्रेलियाले बिहीबार सिरिया हराएपछि नकआउट चरण पक्का भएको हो ।
सिरियालाई १–० ले हराउँदै अष्ट्रेलियाले एसियन कपमा शतप्रतिशत नतिजालाई निरन्तरता दियो । ज्याक्सन अर्भाइनको ५९औ मिनेटमा गरको गोल नै अष्ट्रेलियाको जितका लागि पर्याप्त रह्यो ।
समूह चरणको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । सिरियाले पहिलो खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । २ खेलमा ६ अंक जोडेको अष्ट्रेलिया समूह बी को शीर्ष स्थानमा छ। सिरिया र उज्वेकिस्तानको समान १ अंक छ भने भारत अंकविहिन छ ।
समूहको दोस्रो खेलमा आज साँझ ८ः१५ बजे भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आजै समूह सी अन्तर्गत प्यालेस्टाइन र युएईबीचको खेल ११ः१५ बजे सुरु हुनेछ । युएईले आफ्नो पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने प्यालेस्टाइन इरानसँग हारेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]