2 years ago
January 20, 2024
लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता रोयल फ्रेण्डसिप युवा क्लवलाई पराजित गर्दै तार्कुघाट युनेस्को लमजुङ तेस्रो संस्करणको राइनास कप खुल्ला फुटबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ ।

पुर्वी लमजुङको राइनास नगरपालिका वडा नम्वर ६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा शनिबार भएको फाइनलमा साविक विजेता रोयल फ्रेण्डसिप युवा क्लव लमजुङलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै तार्कुघाट पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा तार्कुघाटले बाजी मार्यो । टाइब्रेकरमा तार्कुघाटका सन्दिप सेन्चुरी, सुमित श्रेष्ठ, सुमिन थापा, राम शाही र जय गुरुङले गोल गर्न सफल भए । रोयलका आश गुरुङ, दिपेश आले मगर र देव गुरुङले गोल गर्न सफल भए । सन्दीप रानाको प्रहार आकासिएको थियो ।
उपाधिसँगै तार्कुघाटले ३ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको रोयलले १ लाख ५० हजार रुपैयाँ, कप र मेडल हात पारेको छ । सेमिफाइनलमा पराजित भएका कालिका युवा क्लब र चेपे आदर्श युवा क्लबले समान ३० हजार रुपैया प्राप्त गरे । एक पुरस्कार हरिराज चिलुवालले प्रायोजन गरेको थियो ।
तार्कुघाटका जय गुरुङ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दुई हजार रुपैया र मेडल प्राप्त गरे । यस्तै फाइनल खेलमा पहिलो गोल गर्ने सन्दिप सेन्चुरीलाई चक्रराज चिलुवालले १ हजार रुपैया प्रदान गरे । निर्धारित समयमा कुनै गोल नभएपनि टाइब्रेकरमा गोल गर्नेलाई प्रदान गरिएको हो ।

रोयल फ्रेन्डसिप क्लबका मिडफिल्डर सन्तोष गुरुङ सर्वाेकृष्ट खेलाडी घोषित भए । उनले ७ हजार ५ सय रुपैयाँसँगै गोल्डेन बल प्राप्त गरे । तार्कुघाटका सुमित श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । उनले ७ हजार ५ सय रुपैयाँसहति गोल्डेन बुट प्राप्त गरे । उनले एकै खेलमा ७ सहित कुल ८ गोल गरेका थिए । तार्कुघाटकै सन्तोष महत उत्कृष्ट गोलरक्षक चुनिए । उनले पनि ७ हजार ५ सय रुपैया र गोल्डेन ग्लोभ्स प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङ, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ, राइनास नगरपालिकामा प्रमुख खड्ग बहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल र गौलीटार क्षेत्रीय खेल मैदान समितिका अध्यक्ष किरण श्रेष्ठलगायतले पुरस्कृत गरे ।
माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १६ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न टोलीले विदेशी खेलाडीसँगै ‘ए’ डिभिजनको अनुभव बटुलिसकेका खेलाडीलाई मैदानमा उतारेको थियो । नेपाली पुरुष राष्ट्रिय टालीका पुर्व कप्तान विराज महर्जनले आयोजक राइनास ११ बाट खेलेका थिए ।
यस्तै सुमित श्रेष्ठ, जय गुरुङ, योगेश गुरुङ, सन्तोष महत, दिपेश आले मगर, रन्दिप पाैडेल र फ्लोरेन्ट कोरालगायतका खेलाडीले राइनास कप खेलेको थियो । पहिलो संस्करणमा चक्रतीर्थ युवा क्लब सातविसे लमजुङ तथा दोस्रोमा रोयल पहिलो भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]